भुपु गोर्खाहरुको समस्या समाधानका लागि त्रिपक्षीय वार्ता गर्न दवाव

SHARE:

लण्डन माघ १७ ।

भूतपूर्व गोर्खासहित नेपाल र बेलायत 
सरकारबीच गोर्खा समस्या तथा समाधानबारे वार्ताका लागि गोर्खाहरुले दवाव सृजना गरेका छन् ।

गोर्खा सत्याग्रह समिति बेलायतले आइतबार बेलायतको सर्वदलीय संसदीय समिति एपीपीजीका नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्मासंग भेटेर सहयोग अपिल गरेका छन् । सो भेटमा गोर्खाहरुका तर्फबाट वार्ता मध्यस्तकर्ता तथा प्रवक्ता मेजर जुधबहादुर गुरुङले करिब ४५ मिनेट लामो ब्रिफिङमा सांसद शर्मालाई विगत २०७ वर्षदेखि गोर्खामाथि भएको अन्याय, त्यसको असर र वर्तमान माग आदिबारे बताएका थिए ।

उनले गोर्खाहरुको जटिल समस्या समाधानका लागि शर्मालाई साथ दिन आग्रह गर्दै एपीपीजीको आपतकालिन बैठक राखिदिन अपिल गरेको सत्याग्रह बेलायतकी महासचिव सइन्द्र केसीले जनाइन् । एपीपीजीको बैठक आव्हान भए आफैं त्यहां सहभागी भएर सबै बेलिविस्तार लगाउने सोच भूतपूर्व गोर्खाहरुको छ ।

प्रत्युत्तरमा सांसद शर्माले आफूले एपीपीजी बैठक छिट्टै बोलाउन प्रयत्न गर्ने आश्वासन दिएका छन् । सांसद शर्माले बेलायतका कयौं चुनावी क्षेत्रमा गोर्खाको बसोवास रहेकाले ति क्षेत्रका सांसदहरुलाई पनि भेटेर दवाव सृजना गर्न सल्लाह दिएका थिए । भेटमा सत्याग्रहका कानूनी सल्लाहकार सोलिसिटर 
राजु थापाले सत्याग्रहले गोर्खा आन्दोलन नेतृत्व गरेपनि सबै संगठनलाई समेट्न सुझाव दिए । उनले गोर्खाहरुका वयस्क सन्तानलाई ‘भिजा फि’ नलिइ आवेदनको व्यवस्था प्रावधानका लागि राजनीतिक पहल हुनुपर्नेमा पनि जोड दिए । उक्त भेट थापाकै पहलमा भएको हो ।

सो अवसरमा सत्याग्रह समिति नेपालले नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्य बेलायत आउनुअघि भेटेर आफ्ना मुद्दा अवगत गराउने तयारी गरेको पनि बताइएको छ । बैठकमा सत्याग्रह बेलायत शाखाका संयोजक टक बहादुर गुरुङ, अभियान निर्देशक ज्ञानराज राई, पुष्प घले राणा, धन गुरुङ, लक्ष्मी घिसिङ, बिष्णु कुमारी गुरुङ लगायत कार्यकारी सदस्यहरुको सहभागिता थियो ।

राजदूत आचार्य फेब्रुअरी पहिलो सातासम्म लन्डन आइपुग्ने अपेक्षा छ । राजदूत यहां आएपछि पनि गोर्खाहरुले उनलाई भेट्ने योजना बनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!