नेपाली समाज यूकेको परोपकारी रात्रिभोज रद्द, प्रथम महाधिवेशन यथावत

SHARE:

लन्डन ३ फेब्रुअरी । नेपाली समाज युकेले यही फेब्रुअरी १२ तारिखमा आयोजना गर्नेभनिएको परोपकारी रात्रिभोज रद्द गरिएको छ ।

कोरोनाको ओमिक्रोन भेरिएन्टका कारण सो कार्यक्रम रद्द गरिएको समाजका महासचिव मिलनचन्द्र राईले बुधबार विज्ञप्तिमार्फत जानकारी दिएका हन् । कार्यक्रमा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता अशोककुमार राई सहभागी हुने तय गरिएको थियो ।

तर फेब्रुअरी १३ का दिन हुने महाधिवेशन भने यथावत रहेको समाजले प्रस्ट पारेको छ ।

‘१२ फेब्रुअरी २०२२ शनिबारको रात्रिभोज रद्द भए पनि १३ फेब्रुअरी २०२२ आइतबारका दिन आयोजना हुने नेपाली समाज यूकेको प्रथम महाधिवेशन भने सम्पन्न हुने पार्टीका सदस्यज्यूहरु, शुभचिन्तकज्यूहरु सबैलाई जानकारी गराउँदै उपस्थित भइदिनुहुन हार्दिक अनुरोध गर्दछौं,’ समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!