बेलायत स्थित नेपाली दूतावासले आगामी मार्चदेखि इ–पासपोर्ट वितरण 
गर्ने

SHARE:

लण्डन माघ २२ ।

 

बेलायत स्थित नेपाली दूतावासले आगामी मार्चदेखि विद्युतीय राहदानी इ–पासपोर्ट वितरण 
गर्ने भएको छ ।

नेपालमा गत नोभेम्बर तेश्रो सातादेखि नै शुरु उक्त राहदानी लन्डनमा मार्च दोश्रो वा तेश्रो सातादेखि वितरण गर्न लागिएको कार्यवहाक राजदूत रोशन खनालले जानकारी दिइन् । यसका लागि आफूले राहदानी विभागसंग समन्वय गरिरहेको पनि खनालले बताइन् । इ–पासपोर्टका लागि बायोमेट्रिक दिनुपर्ने भएकाले सेवाग्राहीलाई लन्डन दूतावासमै आएर आवेदन दिन आवश्यक हुने उनको भनाइ छ ।

‘कार्ड पेमेन्ट लिन शुरु गरिसकेको दूतावास आफ्नो सेवाप्रवाह सरलीकृत, छिटो र चुस्त बनाउन प्रयासरत छ । कागजपत्र पुगे आवेदन दिएको उही दिनमा कन्सुलर सेवा प्रदान गर्ने दूतावासको प्राथमिकता रहेको खनालले बताइन् । विद्युतीय राहदानी एमआरपीभन्दा थप गुणस्तरिय, भरपर्दो, सुरक्षित र अन्तर्राष्ट्रियस्तरमा बढी प्रयोगमा आइरहेको राहदानी मानिन्छ ।

राहदानी विभागका अनुसार, हालको राहदानीमा भएका कुराहरु अतिरिक्त विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेना समेत जडान गरिएको हुन्छ । चिपमा औंठाछाप, तस्विर लगायतका व्यक्तिगत विवरण हुन्छन् । यी विवरणहरु राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैन् । यो हालसम्म संसारमा विभिन्न मुलुकमा जारी भएको अत्याधुनिक राहदानी मध्येमा पर्दछ ।

आइकाओ पिकेडीमार्फत सूचनाहरु रुजु हुने हुँदा यो राहदानी विभिन्न मुलुकका अध्यागमन कार्यालयहरुमा निकै सहज र छिटो हुने विश्वास विभागको छ । विद्युतीय गेटहरु भएका ठाउँमा स्वतः खुल्ने व्यवस्था समेत गरिएको हुन्छ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले नोभेम्बर तेश्रो साता एक कार्यक्रमबीच संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गरेर यसको उद्घाटन गरेका थिए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्डअनुसार सुरक्षाका सबै विशेषता समेटिएको गुणस्तरीय राहदानी जारी गरिएको नेपाल सरकारको भनाइ छ । विदेशस्थित ४० नेपाली नियोग र नेपालमा सबै जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी जारी गरिने छ ।

एघार वर्षअघिसम्म हस्तलिखित राहदानी प्रयोग गर्ने नेपाल त्यसपछि एमआरपी हुँदै अब इ–पासपोर्ट प्रयोग गर्ने देशमा रूपान्तरण भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!