एमसीसीलाई चुनावपछि मात्रै अघि बढाउने गरी प्रस्ताव पठाउन प्रचण्डको आग्रह

SHARE:

काठमाडौं माघ २३ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।

सरकारी निवास बालुवाटारमै बोलाएर प्रधानमन्त्री देउवाले आज आइतवार ओली र प्रचण्डसँग छलफल गरेका हुन् । छलफलमा एमालेका महासचिव शंकर पोखरेल र कानुन मन्त्री दिलेन्द्र बडु पनि सहभागी थिए । प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौता पास गर्न प्रतिपक्षी दल एमालेले सहयोग गर्नुपर्ने धारणा राखेका एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

जवाफमा ओलीले पहिले संसद् चल्ने वातावरण बनाएर सम्झौता संसदमा पेस गर्न आग्रह गर्दै त्यसपछि मात्रै एमालेले धारणा बनाउने बताएका थिए । एमसीसीको बारेमा सत्ता पक्षकै दलहरू विभाजित भएको विषयमा एमालेको धारणा माग्नु नै गलत हुने ओलीको भनाइ थियो ।

यस्तै माओवादी अध्यक्ष प्रचण्डले एमसीसीलाई अहिले थाँती राखेर चुनावपछि मात्रै यसलाई अघि बढाउने गरी प्रस्ताव गर्नुपर्ने धारणा राखेका पोखरेलले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!