पत्रकार महासंघ बेलायतद्वारा एलबीको परिवारलाई आर्थिक सहयोग

SHARE:

काठमाडौं ६ जनवरी । कोरोना भाइरस संक्रमण भएपछि उपचार नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ ।

महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा आइतबार एक कार्यक्रमबीच बेलायत शाखाले विश्वकर्माको परिवारलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । चेक महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले स्वर्गीय पत्रकार विश्वकर्माका मामा चन्द्र विश्वकर्मालाई हस्तान्तरण गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष विष्टले स्वर्गीय पत्रकार विश्वकर्माको परिवारप्रति समवेदनास्वरूप महासंघले सहयोग प्रदान गरेको बताए । आर्थिक सहयोग संकलन गरी पठाउने महासंघ बेलायत शाखालाई उनले केन्द्रीय समितिको तर्फबाट धन्यवाद दिए । महासचिव पुरीले स्वर्गीय विश्वकर्माको परिवारलाई आउँदा दिनहरुमा आवश्यक थप सहयोगको लागि महासंघले पहल गर्ने आश्वासन दिए ।

बेलायत शाखाका अध्यक्ष ध्रुव अर्यालले बेलायतमा संकलन गरी पठाइएको ५ लाख रुपैयाँमध्येको बाँकी रकमबाट केन्द्रसँगको समन्वयमा अन्य पत्रकारहरुलाई पनि छिट्टै सहयोग बाँडिने जानकारी गराए ।

कोभिड महामारीका बेला महासंघ केन्द्रीय समितिले स्थापना गरेको आपतकालीन कोषमा २३ लाख रूपैयाँ पठाएको बेलायत शाखाले केही महिनाअघि फेरि पाँच लाख रूपैयाँ सहयोग जुटाएर पठाएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!