बेलायतमा जारी कोभिड सम्बन्धि सबै प्रतिबन्धहरु हटाइने

SHARE:

लण्डन माघ २६ ।

बेलायतमा जारी कोभिड सम्बन्धि सबै प्रतिबन्धहरु हटाइने भएको छ ।

बेलायती प्रधानमन्त्रो बोरिस जोन्सनले आज उक्त कुरा बताएका हुन् । प्रतिबन्ध कहिलेदेखि हटाइने भन्ने नतोकिएपनि यसै महिनाको अन्तसम्ममा कोभिद सम्बन्धि प्रतिबन्ध हटाइने जोन्सनले बताए। हालको नियम अनुसार कोरोना संक्रमित भएको पुष्टि भएमा कम्तिमा पाँच दिनसम्म अनिवार्य आइसोलेशन बस्नुपर्ने नियम छ । कोभिड प्रतिबन्ध सम्बन्धि पछिल्लो नियमको म्याद आउँदो मार्च २४ मा समाप्त हुने भएपनि निर्धारित समय अगाडि नै यसको अन्त गरिन लागिएको हो ।

बेलायतमा कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण अत्यधिक रुपमा बढेपनि यसको असर कम देखिएको र संक्रमण दर क्रमश घट्दै गएपछि सरकारले सबै प्रतिबन्ध हटाउने तयारी गरेको हो । ओमिक्रोन संक्रमणका कारण दैनिक दुई लाख भन्दा बढी संक्रिमित हुने गरेकोमा हाल दैनिक संक्रमितको संख्या ७० हजार भन्दा कम रहने गरेको छ । मंगलबार सार्वजनिक तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा ६६ हजार १८३ जना नयाँ संक्रमित थपिएका थिए ।

यसैगरी बितेको २४ घन्टामा ३१४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । बेलायतमा हालसम्म एक लाख ५८ हजार ६७७ जना संक्रमितको मृत्यु भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!