एमसीसी सम्झौता अगाडि बढाउनुपर्ने कांग्रेसको निष्कर्ष

SHARE:

काठमाडौं माघ २७ ।

अमेरिकी आर्थिक सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता अगाडि बढाउनुपर्ने नेपाली कांग्रेसले निष्कर्ष निकालेको छ ।

आज बिहीवार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी अगाडि बढाउने निष्कर्ष निकालेको नेता शशाङ्क कोइरालाले जानकारी दिए । बैठकमा सहभागीहरूले एमसीसीको विषयमा नागरिकलाई पनि बुझाउनुपर्नेमा जोड दिएका छन् ।

आजको बैठकमा पूर्व अर्थ मन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले एमसीसी विशुद्ध विकास परियोजना भएको र यसबारेमा नागरिकलाई पनि बुझाउनुपर्ने बताएका थिए ।

आजको बैठकमा आसन्न स्थानीय तहको चुनाव र पार्टीका भातृ सङ्गठनको अधिवेशनको विषयमा समेत छलफल भएको नेता कोइरालाले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!