कांग्रेसले अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने

SHARE:

काठमाडौं माघ २८ ।

नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले फागुन १० गतेभित्र वडादेखि महासमितिसम्मका अधिवेशनहरु हुने बताए । अधिवेशन हुन बाँकी रहेका जिल्लाको हमा फागुन १३ गते र त्यसअघि फागुन १० गतेभित्र तल्लो तह, कतिपय वडा, पालिका र महासमितिसम्मका अधिवेशनहरु सम्पन्न हुने संयोजक घिमिरेले बताए ।

सकेसम्म १३ भित्रै अधिवेशन सम्पन्न गर्ने उनले बताए । पार्टीको बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अधिवेशन हुन बाँकी रहेको जिल्लाको हकमा मिति तोक्न निर्वाचन समितिलाई आग्रह गरेको थियो। १४औँ महाधिवेशनका बेला क्रियाशील सदस्यताको विवाद नटुंगिएकाले १६ जिल्लाको अधिवेशन हुन सकेको थिएन ।

जसमा सप्तरी, सिरहा, धनुषा, महात्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा अधिवेशन हुन बाँकी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!