चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपाल विजयी, ओमान ६ विकेटले पराजित

SHARE:

काठमाडौं माघ २८ ।

चारदेशीय टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको छ ।

ओमानले दिएको १ सय ३७ रनको लक्ष्य ३ बल बाँकी छँदै पूरा गरेर नेपालले सिरिजमा पहिलो जित निकालेको हो । नेपालको जितका लागि दिपेन्द्रसिंह ऐरीले अविजित रहँदै सर्वाधिक ७३ रनको योगदान गरे । उनले ५३ बलमा ८ चौका र एक छक्का प्रहार गरे । आरिफ शेखले २५ र आशिफ शेख १४ रन ज्ञानेन्द्र मल्ल १३ रनमा रनआउट भए । प्रदीप ऐरी ४ रनमा पेभेलियन फर्कँदा शरद भेषावकर ४ रनमा नटआउट रहे ।

ओमनका खलिमुल्लाहले दुई तथा खवार अलीले एक विकेट लिए । त्यसअघि अल अमिरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय ३५ रन जोडेको थियो । उसका लागि मोहम्मद नदिमले अविजित ४३ तथा जिसन मक्सुदले ३१ रनको योगदान गरे । जातिन्दर सिंहले १३, अयान खान ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे ।

नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । कप्तान सन्दीप लामिछाने, कमल ऐरी, र आरिफ शेखले एक–एक विकेट हात पारे । तुलनात्मक रुपमा बलियो टोली ओमानसँगको जितसँगै नेपाली टोली केही आत्मविश्वासी देखिएको छ । नेपालले दोस्रो खेल शनिबार युएईसँग खेल्नेछ भने सिरिजको अन्तिम खेलमा सोमबार आयरल्याण्डको सामना गर्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!