कोरोना महामारीपछी बेलायती अर्थतन्त्रले उत्साहजनक प्रगति गरेको एक तथ्यांक सार्वजनिक

SHARE:

लण्डन माघ २९ ।

बेलायती अर्थतन्त्रले उत्साहजनक रुपमा प्रगति गरेको एक तथ्यांकले देखाएको छ ।

अफिस फर नेशनल स्टाटिस्टिक्स ओएनएस द्वारा सार्वजनिक पछिल्लो तथ्यांक अनुसार बेलायतको अर्थतन्त्र गत वर्ष ७ दशमलव ५ प्रतिशतले फस्टाएको छ । कोरोना महामारीको असरस्वरूप सन् २०२० मा ९ दशमलव ४ प्रतिशतले खस्किएको बेलायतको अर्थतन्त्रले पछिल्लो वर्षमा भने उल्लेख्य दरमा बढेको हो ।

कोरोनाको नयाँ भेरियेन्ट् ‘ओमिक्रोन’ को फैलावटसंगै गत वर्षको अन्तिम महिना डिसेम्बरमा शून्य दशमलव २ प्रतिशतले संकुचित बन्दा समेत बेलायती अर्थतन्त्र महामारीपूर्वको तुलनामा झन् राम्रो अवस्थामा पुगेको जनाइएको छ । तर, ओमिक्रोनका कारण सन् २०२१ को पछिल्लो त्रैमासिक अवधिमा अघिल्लो महिनाहरुको तुलनामा बेलायतको आर्थिक दर न्यून थियो ।

बेलायत सरकारका अर्थमन्त्री ऋषि सुनाकले महामारीबाट ग्रस्त बनेको देशको अर्थतन्त्र तीव्र दरमा ‘रिकभर’ भइरहेको जनाए । सुनाकले पछिल्लो तथ्यांकहरुले सरकारले अवलम्बन गरेको आर्थिक नीतिले काम गरिरहेको तथ्य स्पष्ट पारेको जनाए ।

सन् २०२१ मा बेलायतले हासिल गरेको नतिजाले बेलायत जी ७ समूहमै महामारीपछि सबैभन्दा छिटो आर्थिक प्रगति गर्ने मुलुक बनेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!