एनआरएनए युकेको स्वास्थ्य बिभाग गठन

SHARE:

बेलायत – स्वास्थ्य बिभागमा प्रमुख संयोजकको रुपमा फिलिपिन्समा एमडी पूरा गरी ग्लोबल पब्लिक हेल्थमा मास्टर्स गरिरहनु भएको डा. विशाल गुरुङ चयन हुनु भएको छ। विभिन्न संघ संस्थामा आबद्द हुनुभएका डा. गुरुङ इङ्ल्यान्ड राज्य परिषद बेलायतका प्रबक्ता पनि हुन् । धेरै फराकिलो टिमको साथमा बनेको स्वास्थ्यबिभागको चार विशेष सल्लाहकार छन।

ओरल एन्ड मैक्सिलो फेसियल सर्जन विशेषज्ञ र अन्कोलोजिमा एमएस्सी गर्नु भएका डा. सुनिल साह, ल्यापार्सकोपिक सर्जन विशेषज्ञ तथा नेपिलिज डाक्टर्स एसोसोयन युकेका अध्यक्ष डा. कमल अर्याल, सिनियरवास म्यानेजर पब्लिक हेल्थमा मास्टर्स र पिएचडि प्राप्त डा. ओम प्रसाद गौतम र नेपालिज डाक्टर्स एसोसियसनका पुर्व अध्यक्ष मनोचिकित्सक विशेषज्ञ डा. चुणा कार्की प्रमुख सल्लाहकार हुन।

यस स्वास्थ्य बिभागका संयुक्त संयोजकका रुपमा नेपालीज नर्सिङ एसोसिएसन युकेका अध्यक्ष रेजीस्टर्ड नर्ससुनिता थापा र गैरआवासीय नेपाली संघ बेलायतका सदस्य एंव ट्रेनी नर्स इन्दिरा खनिया चयन हुनु भएको छ ।लन्डन स्थित विभिन्न नेपाली संघ संस्थामा धेरै टेवा पुर्याउनु भएकी डेन्टल नर्सिङका ट्रेनी अन्जु कुँवर सुवाललेसचिब पद सम्हाल्नु हुनेछ भने सफ्टवेयर डिभेलपर बलराम सुबेदीले डिजिटल एन्ड टेक्निकल लिडकोभुमिका निभाउनु हुनेछ यसरी नै अन्य सदस्यहरुमा नेप्लिज नर्सिङ एसोसिएसन युकेका सदस्य रेजिस्ट्रेड नर्स माया केसि बोहोरा र सिनियर हेल्थ केयर एसिस्टेन्ट एंव मेडिसिन एजमिनिस्टरका रुपमा कार्यरत सुश्री बिष्णु राना सामेल हुनुभएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!