बेलायतमा आएको शक्तिशाली आँधीका कारण ३ जनाको मृत्यु

SHARE:

लण्डन फागुन ७ ।

बेलायतमा आएको शक्तिशाली आँधीका कारण ३ जनाको मृत्यु भएको छ ।

तीन दशकयताकै शक्तिशाली मानिएको ‘यूनिस’ नामको आँधीका कारण जनजीवन प्रभावित बनेको बीबीसीले जनाएको छ । आँधीका कारण मृत्यु हुनेमा ३० वर्षीया महिला, २० वर्षीय र ५० वर्षीय पुरुष रहेका छन् । १ सय २५ माइल प्रतिघण्टाको वेगमा आएको आँधीका कारण लन्डनका साथै पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्डका कयौँ क्षेत्र प्रभावित भएका छन् । आँधीका कारण सयौँ हवाइ उडान तथा रेल सेवाहरू रद्द भएका छन् ।

तीव्र गतिमा बहेको हावाका कारण कतिपय स्थानमा रुख र बिजुलीका खम्बाहरू ढलेका, सडकमा लरी पल्टिएका छन् । आँधीकै कारण बेलायतका करिब दुई लाख घरहरूमा विद्युत् सेवा अवरुद्ध भएकोछ । सरकारले अति आवश्यक परेमा घरबाहिर निस्किन र अनावश्यक यात्राहरूलाई कटौती गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

सडक आसपासका कैयौँ रुखहरू ढलेर सवारी साधनलाई क्षति पुर्याएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!