काठमाडौं फागुन ८ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूबीचको लामो रस्साकस्सीपछि संसद्मा टेबल भएको एमसीसी पास हुने बताएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाहिरिने क्रममा संचारकर्मीसँग प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताएका हुन् । सदन र सडकमा विरोधका बाबजुत सरकारले एमसीसी प्रक्रिया अघि बढाएको छ ।
यसअघि प्रतिनिधिसभा बैठकमा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता अनुमोदनका लागि सदनमा टेबल गरेका थिए ।






