काठमाडौं ११ फागुन । वरिष्ठ कलाकार जयनन्द लामाको निधन भएको छ । ६६ वर्षीय लामाको बुधबार बिहान २ बजेतिर भक्तपुरको लोकन्थलीस्थित आफ्नै निवासमा निधन भएको नेपाल तामाङ कलाकार संघका सचिव सुवास तामाङले जानकारी दिए ।
सचिव तामाङका अनुसार बा३च ७७४१ नम्बरको कारबाट ओर्लने क्रममा खुट्टा अल्झिएर टाउको भुइँमा बजारिन पुग्दा लामाको निधन भएको देखिएको छ । लामाको टाउकोमा चोट देखिएको र रगत बगेको थियो । तर, शव पोस्टमार्टमका लागि अहिले केएमसी अस्पताल लगिएको उनले जानकारी दिए ।
सिन्धुपाल्चोकमा जन्मिएका लामाका श्रीमत, दुई छोरा छन् । गायक लामाको आजै वा भोलि अन्त्येष्टि गर्ने एकीन भइसकेको छैन ।






