युक्रेन सङ्कटको शान्तिपूर्ण समाधान खोज्न संयुक्त राष्ट्रसंघको आह्वान

SHARE:

एजेन्सी फागुन ११ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन सङ्कटको शान्तिपूर्ण समाधान खोज्न विश्व समुदाय पछि हट्नु नहुने बताएका छन् ।

गुटेर्रेसले न्यूयोर्कमा सञ्चारमाध्यमहरूले यूक्रेन सङ्कटबारे सम्प्रेषित प्रतिक्रियाबारे आफ्नो धारणा सार्वजनिक गर्दै उनले भने “यो चुनौतीको सामना हामीले शान्तिका लागि र यूक्रेन र त्यसभन्दा बाहिरका जनतालाई युद्धको भूमरीबाट बचाउन हुने पहलबाट हुनुपर्छ । यो छलफल र वार्ताको पहल गर्ने समय हो ।”

थप रक्तपात विना यस सङ्कटलाई समाधान गर्ने सबै प्रयासमा आफू ‘पूर्ण प्रतिबद्ध’ भएको उनले बताए । संयुक्त राष्ट्रसंघ प्रमुखले युक्रेनको सम्बन्धमा भएका नवीनतम घटनाहरूबाट आफू ‘गम्भीररूपमा चिन्तित’ भएको उनले बताए । हालका वर्षहरूमा युक्रेनको स्थिति ‘सबैभन्दा ठूलो विश्वव्यापी शान्ति र सुरक्षा सङ्कट’ को अवस्थामा रहेको बताउँदै गुटेर्रेसले युक्रेनमा भएका नवीनतम घटनाहरूले सम्पूर्ण अन्तर्राष्ट्रिय प्रणालीको परीक्षण गरिरहेको बताए।

युक्रेनको सम्बन्धमा भएका नवीनतम घटनाहरूले आफूलाई चिन्तित पारेको भन्दै गुटेरेसले सम्पर्क लाइनमा बढ्दो युद्धविराम उल्लङ्घन र ‘युद्धविराम उल्लङ्घन थप वृद्धिको वास्तविक जोखिम’ बारे सबैको सकारात्मक चासो हुनुपर्नेमा उनले जोड दिए। डोनेट्स्क र लुहान्स्क क्षेत्रका कतिपय क्षेत्रको ‘स्वतन्त्रता’ लाई मान्यता दिने रूसको निर्णयको उनले आलोचना गरे ।

गुटेरेसले यस्तो एकपक्षीय निर्णय संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तहरूसँग प्रत्यक्ष रूपमा बाझिने मात्र होइन, साधारण सभाको स्वघोषित मित्रवत सम्बन्ध घोषणासँग पनि मेल नखाने बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!