मुक्तक प्रतिष्ठान बेलायत शाखाको प्रणय मुक्तक वाचन सम्पन्न

SHARE:

सेमन्त राई

बेलायत – नेपाल मुक्तक प्रतिष्ठान बेलायत च्याप्टरले गत वर्ष जस्तै भ्यालेन्टाइन दिवसको उपलक्ष्यमा फागुन १५, २०७८ तदनुसार २७ फेब्रुवरी २०२२ का दिन प्रणय मुक्तक वाचन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। १४ फेब्रुवरीमा वार्षिक रुपमा गरिने कार्यक्रम उक्त दिन पृथ्वीनारायण क्याम्पस पोखरासँग मुक्तक कार्यक्रम आयोजना भएकाले स्थगित भएको कार्यक्रम २७ फेब्रुवरीमा सफल रुपमा सम्पन्न भएको कुरा कार्यक्रम संयोजक प्रतिमा केसीले बताईन्। मुक्तक प्रतिष्ठान युकेका अध्यक्ष दुर्गा प्रसाद पोख्रेलले कार्यक्रमको अध्यक्षता गरेका थिए। उक्त कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रामकाजी कोने प्रमुख आतिथी तथा केन्द्रीय कोषाध्यक्ष निशा केसीको बिशेष आतिथ्य रहेको थियो। उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रतिमा केसीले कार्यक्रमको बारेमा संक्षिप्त जानकारी साथै स्वागत मन्तव्य दिएकी थिईन भने सेमन्त राईले कार्यक्रम संचालन गरेका थिए। प्रमुख अतिथी रामकाजी कोनेले आफ्ना ३ वटा प्रेमिल मुक्तकहरु वाचन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए।

जुम प्रविधीबाट दुई चरणमा संचालन गरिएको उक्त कार्यक्रममा पहिलो चरणमा अतिथी तथा सम्पूर्ण सहभागी सर्जकहरुले ३।३ वटा र दोस्रो चरणमा पनि ३।३ वटा गरी करिब ९० वटा रसिला प्रेमिल मुक्तकहरु वाचन गरिएको थियो। प्रणय मुक्तक वाचनको अन्त्यमा नेपाल मुक्तक प्रतिष्ठान युकेका सल्लाहकार तथा साहित्यकार डा। रुपक श्रेष्ठले वाचन गरिएका सम्पूर्ण मुक्तककारहरुको मुक्तकमा समिक्षात्मक टिप्पणी गरेका थिए।मुक्तक प्रतिष्ठान केन्द्रका अध्यक्ष रामकाजी कोनेले केन्द्रको गतिविधि बारे जानकारी दिदै बेलायत शाखाको सहयोगका लागि सदैव तत्पर रहने कुरा बताए त्यसै गरी कोषाध्यक्ष निशा केसीले मुक्तकका लागि स्थनिय तहमा गरेको कार्यक्रमहरुको बारेमा जानकारी दिईन्।

उक्त प्रणय मुक्तक वाचनमा नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रामकाजी कोने, कोषाध्यक्ष निशा केसी, मुक्तक प्रतिष्ठान युकेका प्रमुख सल्लाहकार डा। रुपक श्रेष्ठ, सल्लाहकार बिनोद अधिकारी, अध्यक्ष दुर्गा प्रसाद पोख्रेल, उपाध्यक्ष प्रतिमा केसी, कोषाध्यक्ष राज श्रेष्ठले आ-आफ्नो प्रेमिल मुक्तक वाचन गरेका थिए। निकै रोचक बनेको उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्यहरु कुमार केसी, रबिन जोशी, सेमन्त राई, भरत लोहोरुङ राई, नानु राना, गङ्गा भण्डारी, कृश गुरुङ र जीत छन्त्याल लगायतका मुक्तककारहरुको सशक्त मुक्तकहरुको प्रस्तुति रहेको थियो। उक्त कार्यक्रममा वाचन गरिएका मुक्तकहरु “मुक्तक सागर” पत्रिकामा बेलायत विशेषांकको रुपमा प्रकाशन गरिने कुरा अध्यक्ष दुर्गा प्रसाद पोख्रेलले बताएका छन्।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!