युक्रेनबाट विस्थापित करिब १ लाख मानिसहरुलाई बेलायतले आश्रय दिने

SHARE:

लण्डन फागुन १७ ।

युक्रेनमा रसियाको आक्रमणबाट विस्थापित करिब १ लाख मानिसहरुलाई बेलायतले आश्रय दिने भएको छ ।

बेलायतका गृह मन्त्री प्रीति पटेलले सोमबार सो घोषणा गरेकी हुन् । उनले युक्रेनबाट विस्थापितहरुलाई बेलायत आउनका लागि अध्यागमन नियमहरुलाई खुकुलो बनाइएको पनि जानकारी दिएकी छिन् । उनका अनुसार बेलायतको आवासीय अधिकार पाइसकेका युक्रेनीहरुको नजिकका नातेदारहरुलाई बेलायत आउन दिइनेछ ।

जसमा बेलायतको आवासीय अधिकार पाएका मानिसहरुको श्रीमानरश्रीमती, अविवाहित भए दुई वर्षदेखिको पार्टनर, छोराछोरी ९कम्तीमा एकजना १८ वर्ष मुनीको हुनुपर्ने, अभिभावकहरु तथा हेरचाहकर्ताहरु रहेका छन् । यसरी बेलायत आउन चाहनेहरुले बायोमेट्रिक र सुरक्षा जाँच भने पास गर्नुपर्ने पटेलले बताएकी छिन् । बेलायतमा अतिवादीहरु छिर्न सक्ने सूचना पाएका कारण बेलायती नागरिकहरुलाई सुरक्षित राख्न पनि यसो गर्नुपरेको उनको तर्क छ । यद्यपि सत्तारुढ कन्जरभेटिभ पार्टीकै सांसदहरुले बेलायत आउने प्रक्रिया सजिलो बनाउन दबाब दिइरहेका छन् ।

शरणार्थीसित काम गरिरहेका अभियन्ताहरुले भने बेलायतले युक्रेनको द्वन्द्वबाट प्रभावितहरुलाई आश्रय दिन अझै कठोर नीति अपनाएको आरोप लगाएका छन् । हालसम्म युक्रेनबाट करिब ४ लाख मानिस विस्थापित भएको अनुमान गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!