बिसीसी युकेको साधारणसभा सम्पन्न

SHARE:

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको साधारणसभा सम्पन्न भएको छ । गत शनिबार २६ फेब्रुअरीका दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको शुरुवातमा गुम्बाका धर्म गुरु टुल्कु घ्युरमिद् कुन्जाङ्गखेन्पो कुन्ख्याप र खेन्पो थुब्तेनले प्रार्थना गरेका थिए ।
कार्यक्रममा बिसीसी युकेका अध्यक्षले वार्षिक साधारणसभाका बारे संक्षिप्त जानकारी गराउँदै सबै सहभागीहरुलाई स्वागत गरेका थिए । उनले बितेको १ बर्ष कोरोना महामारीकाबीच पनि आ–आफ्नो क्षेत्रबाट गरेको सहयोग, सद्भाव र योगदानका लागि धन्यवाद ज्ञापन गरे ।
त्यस्तै, संस्थाका महासचिव क्याप्टेन देब घलेले कार्यसमितिले गरेका १ बर्षभित्र गरेका विभिन्न कार्यको जानकारीसहित वार्षिक प्रतिवेदन प्रस्तुत् गरेका थिए । त्यस्तै, कोषाध्यक्ष मेजर हितमान गुरुङले विगत १ बर्षमा संस्थाको आम्दानी तथा खर्च बारे जानकारी गराउँदै आर्थिक प्रतिवेदन प्रस्तुत् गरे ।
उक्त साधारणसभाले महासचिव क्याप्टेन घले र कोषाध्यक्ष मेजर गुरुङले प्रस्तुत् गरेको प्रतिवेदनमाथि व्यापकरुपमा छलफल गरेका थिए । सो सभाले बिसीसी युकेका सल्लाहकार मेजर खुसीमान गुरुङलाई बिसीसी युकेको प्रमुख सल्लाहकार तथा बोर्ड अफ ट्रष्टीजको प्रमुखमा चयन गरेको छ ।
सो अवसरमा बिसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेपाले संस्थाको लक्ष्य तथा उद्देश्यबारे स्मरण गर्दै संस्थाले गर्नुपर्नेमहत्वपूर्ण कार्यहरुको चर्चा गरेका थिए । त्यस्तै, प्रमुख सल्लाहकार मेमेजर खुसीमान गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ लगायतले बिसीसी युकेले गरेका विभिन्न कार्य र गर्नुपर्ने कार्यहरुबारे जानकारी गराएका थिए ।
कार्यक्रममा उपाध्यक्ष रोविन गुरुङले वेभसाईट र सामाजिक संजाल (फेसबुक) बारे अपडेट गराएका थिए भने बिसीसी युकेक लण्डन शाखा अध्यक्ष गोपाल तामाङ्गले लण्डन शाखाले गर्दै आएको विभिन्न कार्यहरुबारे जानकारी गराएका थिए । त्यस्तै, बिसीसी आमा सचिव शारदा गुरुङले गुम्बाको दैनिक कार्य संचालनबारे जानकारी गराएकी थिईन् ।
बिशेष परिस्थितिका कारण संस्थाका केही सदस्यहरुले जुम प्रविधिमार्फत साधारणसभामा सहभागी भएका थिए । सो साधारणसभाको अन्त्यमा बिसीसी युकेका उपाध्यक्ष हर्क गुरुङले बिसीसी युकेको प्रोजेक्ट कोर्डिनेटरको हैसियतले विसीसी युकेले संचालन गर्दै आएका विभिन्न परियोजना (प्रोजेक्ट) हरुबारे जानकारी गराउँदै सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे ।
बिसीसी युकेका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको साधारणसभालाई महासचिव क्याप्टेन देब घलेले कार्यक्रम संचालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!