गोर्खा मुद्धामा बेलायतसँग वार्ता गर्न सरकारद्वारा वार्ता टोली गठन

SHARE:

काठमाडौं फागुन १८ ।

नेपाल सरकारले गोरखा भूतपूर्व सैनिकका समस्याका बारेमा बेलायत सरकारसित वार्ता गर्न समिति बनाएको छ ।

मन्त्रिपरषद्को हालै बसेको बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता, सूचना तथा सन्चार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधवार सार्वजनिक गरेको नेपाल सरकारका निर्णयहरूमा बेलायतसित वार्ताको लागि राजदुतको नेतृत्वमा वार्ताटोली गठन गर्ने उल्लेख छ ।

‘भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुका सम्बोधन हुन बाँकी मागहरुबारे संयुक्त अधिराज्य सरकारसँग वार्ता गर्न संयुक्त अधिराज्यका लागि नेपाली राजदूतको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने’ मन्त्री परिषदको निर्णयमा भनिएको छ । पूर्व गोरखाहरूको समेत सहभागितामा हुने सो वार्ता टोलीका अन्य सदस्यहरूका बारेमा केही बताइएको छैन ।

परराष्ट्र मन्त्रालयले वार्तामा भाग लिन तीन जनाको नाम मागे पनि गोरखाहरू मेजर जुदबहादुर गुरूंगको नाममा मात्र सर्वसम्मतिमा पुगेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!