लण्डन फागुन २० ।

युक्रेनमा रसियाको आक्रमणपछि विस्थापित भएका नेपालीहरुको सहयोगार्थ गैरआवासीय नेपाली संघ एनआरएनए युकेले सहयोग संकलन शुरु गरेको छ ।
एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा हालै बसेको बैठकले सहयोग संकलन गर्ने निर्णय गरी सचिव ज्ञानेन्द्र आलेलाई संयोजक तोकेको हो । आलेका अनुसार युक्रेनमा जारी युद्धका कारण छिमेकी देशहरु पोल्याण्ड, हंगेरी, स्लोभाकिया, रोमानियामा विस्थापित भएका नेपालीहरुलाई संकलित सहयोग प्रदान गरिने छ । एनआरएनए पोल्याण्ड राष्ट्रिय समितिसितको समन्वयमा सो सहयोग हस्तान्तरण गरिने पनि उनले जनाए ।
यस विषम परिस्थितिमा वेवारिसे भएका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सहयोग गर्न एनआरएनए युकेले बेलायतबासी नेपाली सामाजिक अभियन्ता, ब्यक्ति, संघ संस्था, ब्यापारिक प्रतिष्ठानसँग अनुरोध गरेको छ।






