पाकिस्तानको पेशावरमा आत्मघाती आक्रमण, ५० जनाको मृत्यु

SHARE:

एजेन्सी फागुन २० ।

पाकिस्तानको उत्तर पश्चिमी पेशावर शहर खैबर पख्तुनख्वा प्रान्तको एक मस्जिदमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको अस्पताल तथा प्रहरी अधिकारीहरूले जनाएका छन् ।

यद्यपि उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या शुक्रबार साँझसम्म ५६ पुगेको अधिकारीहरूलाई उद्धृत गरी एजेन्सी फ्रान्स प्रेस एएफपीले उल्लेख गरेको छ । आक्रमणमा घाइते भएका अधिकांशलाई पेशावरस्थित लेडी रिडिङ अस्पतालमा ल्याइएको र उनीहरूको उपचार भइरहेको अस्पतालका प्रवक्ता मुहम्मद असिमले बताए ।

गम्भीर रूपमा घाइते रहेका २० जनाको मृत्यु भएपछि मृतक सङ्ख्या ५० भन्दा बढी पुगेको बताइएको छ । अन्य करिब २०० जना घाइते भएका र ५० देखि ६० जनालाई गहिरो खालको चोट लागेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको उनले बताए । थप १० देखि १५ जनाको अवस्था गम्भीर रहेको पनि उनले बताए ।

घाइतेको उपचारका लागि आकस्मिक अवस्था घोषणा गरिएको र थप चिकित्सकलाई अस्पताल बोलाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!