एनआरएनए यूकेले ६ मार्च भित्रै केन्द्रमा सदस्यता शुल्क पठाउने कोषाध्यक्ष खरेलको प्रतिवद्धता

SHARE:

लण्डन फगुन २१ ।

 

गैर आवासीय नेपाली संघ बेलायत एनआरएनए यूकेका कोषाध्यक्ष विष्णु खरेलले केन्द्रलाई पञ्जिकृत सदस्यता शुल्क समयसीमा ६ मार्च भित्रै बुझाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

पञ्जिकृत सदस्यहरुले तिरेको शुल्क विधानतः केन्द्रलाई बुझाउनुपर्नेमा एनआरएनए यूके अध्यक्षले केही व्यक्तिको स्वार्थपूर्तिका लागि ‘होल्ड’ गरिदिएपछि व्यापक असन्तुष्टि बढिरहंदा कोषाध्यक्षको धारणा आएको हो । कोषाध्यक्ष खरेलले कार्यसमितिका वहुमत सदस्य केन्द्रलाई शुल्क बुझाउनुपर्ने पक्षमा रहेको जनाउंदै अध्यक्षले ‘होल्ड’ गर्नु उनको आफ्नो एकल व्यक्तिगत निर्णय भएको दावी गरे ।

‘एनआरएनए यूकेले गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदलाई बुझाउनुपर्ने ११ हजार ३ सय ६३ जना सदस्यको ५ डलरका दरले ५६ हजार ८ सय १५ डलर अहिलेसम्म नपठाएपछि संघ खारेजीको चरणमा छ । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठकले पञ्जिकृत सदस्यता शुल्क नतिर्ने एनसीसी यूके, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई मार्च ६ तारिखसम्म शुल्क भुक्तानी गर्न अवसर दिइ उक्त मितिभित्र शुल्क भुक्तानी नगरे विधानको दफा १७.७ अनुसार उल्लेखित एनसीसीहरुको मान्यता स्वतः समाप्त हुने चेतावनी दिइसकेको छ ।

केन्द्रले एनसीसीको नयां निर्वाचन गर्न एक तदर्थ समिति गठन र संघका अध्यक्ष, महासचिव, क्षेत्रीय संयोजक, सहसंयोजक र क्षेत्रीय महिला संयोजक रहेको एक समितिले तदर्थ समितिको गठनबारे निर्णय गर्ने स्पष्ट पारिसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!