ककस शृंखला ९ तथा अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै

SHARE:


जमुना पुन

बेलायत – गैर आबासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्नय परिषदको १० औ अन्तराष्ट्रीय महाधिबेशनका अध्यक्ष प्रत्यासी डा. बद्रि केसी तथा उनका टिमले यहि मंगलबार, मार्च ८, २०२२ का दिन नेपाली समय बेलुका १८:३० बजे ककस शृंखला ९ मा नेपालको महिला आन्दोलनका सशक्त नेतृत्वहरु डा. मिना पौडेल र लिली थापाकोको आतिथ्यमा एक भव्य भर्चुयल कार्यक्रमको आयोजना गरी मनाउने भएको छ।

उक्त कार्यक्रमको आयोजक टीममा १० औ अन्तराष्ट्रीय महाधिबेशनका प्रत्यासीहरु डा बद्रि केसी अध्यक्ष प्रत्यासी, यस्मिन बेगम सैयद उपाध्यक्ष प्रत्यासी, टीका (राधिका) गुरुङ महिला सचिब प्रत्यासी, यमुना भट्टराई महिला सहकोषाध्यक्ष प्रत्यासी, संगिता मरहठ्ठा महिला संयोजक प्रत्यासी रहेका छन।

सन् १९११ देखि अष्ट्रीया, डेनमार्क, जर्मनी र स्विजरल्याण्डबाट मनाउन शुरु भएको र संयुक्त राष्ट्र संघले १९७५ देखि अधिकारिक रुपमा मनाउन शुरु गरेको अन्तर्राष्ट्रिय नारी दिवस यहि मार्च ८, २०२२ का दिन “Gender equality today for a sustainable tomorrow” भन्ने संयुक्त राष्ट्र संघको नाराका साथ संसारभर मनाइदैछ। महिलाहरु हाम्रो अभियानका अभिन्न अंग हून र महिला दिदीबहिनीहरुको साथ बिना हाम्रो अभियानले कुनै सार्थकता पाउदैन भन्ने कार्यक्रमको मुख्य उद्धेश्य रहने छ।

उक्त अन्तराष्ट्रिय नारी दिवस कार्यक्रममा दस बद्रि केसीले संसारभरी छरिएर बस्नु भएको नेपाली दाज्यु भाई तथा दिदी बहिनीहरुलाई तलका दिन र समयमा गरीमामय उपस्थितिको लागि हार्दिक अनुरोगरेका छन ।

मिति : मंगलबार, मार्च ८, २०२२

समय: नेपाली समय बेलुका १८:३० बजे

Zoom Link: https://us02web.zoom.us/j/82183868213?pwd=amdmWGxXU3J4ZXloQ2hJR3ZaZTNJQT09

Zoom ID: 821 8386 8213, Password : 2022

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!