विदेशबाट नेपाल आउने यात्रुले खोप कार्ड वा पीसीआर रिपोर्ट देखाए पुग्ने

SHARE:

काठमाडौं फागुन २६ ।

विदेशबाट नेपाल आउने यात्रुले कोभिड विरुद्धको खोपको पूर्ण मात्रा लगाएको खोप कार्ड वा पीसीआर रिपोर्टमध्ये एउटा देखाए पुग्ने भएको छ ।

खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र ल्याएमा क्वारेन्टिन पनि बस्नु नपर्ने अध्यागमन विभागले जनाएको छ । नयाँ व्यवस्था अनुसार अब हवाई तथा स्थलमार्गबाट यात्रुहरु खोप कार्ड वा पीसीआर नेगेटिभको रिपोर्ट देखाए निर्वाध नेपाल आउन पाउने छन् । नेपाल आउँदा यात्रुले खोप लगाएको प्रमाण पत्र पेस गर्नुपर्ने छ।

खोप लगाएको प्रमाणपत्र पेस गर्न नसक्ने यात्रुले यात्रा शुरु गर्नु अगाडि ७२ घण्टाभित्रको परीक्षणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेश पाउने छन् । हवाई मार्ग वा स्थलमार्ग भइ विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुको सम्बन्धमा कोभिड १९ को जोखिम विश्लेषण आवश्यकता अनुसार परीक्षण गर्ने, थप कडाइ गर्ने वा नगर्ने निर्णय अब कोभिड-१९ संकट व्यवस्थापन केन्द्रबाटै हुने विभागले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!