मगर संघ यूकेले आगामी २८ मेमा नेपाली ओपन कन्सर्ट गर्ने

SHARE:

लण्डन फागुन २७ ।

मगर संघ यूकेले आगामी २८ मे शनिवारका दिन नेपाली ओपन कन्सर्ट गर्ने भएको छ ।

कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको नेपाली ओपन कन्सर्टमा यस वर्ष नेपालका ख्याती प्राप्त कलाकारहरूको साथमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू लिएर भव्यताका साथ नेपाली ओपन कन्सर्ट हुने सांस्कृतिक सचिव तेन्याङ्ग सरु राना गुरुङले जानकारी दिएकी छन् ।

समस्त यूकेवासी आमाबाबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई नेपाली संगीतलाई माया गरिदिन अनुरोध गर्दै चुल्हे निम्तोसमेत भनेकी छन् उनले । त्यस्तै सकभर कुनै पनि सानोदेखि ठूलो कार्यक्रमहरू सो दिन नपारिदिन उनले अनुरोध गरेकी छन् । नेपालबाट कुन कुन कलाकारहरू आउँदै छन् भन्ने जानकारी अबको केही दिनमा दिने उनले बताइन् ।

विदेशीभूमिमा रहे तापनि नेपाली कला, संस्कृति, गीत संगीतको संरक्षण, प्रवर्द्धन गर्न साथै युकेमा जन्मेका र हुर्कँदै गरेका नयाँ नेपाली पुस्ताहरूलाई नेपाली गीत संगीत नृत्यप्रति आकर्षित गराउने उद्देश्य नेपाली ओपन कन्सर्ट रहेको उनले बताइन् । मगर संघ युकेले सन् २००७ देखि नेपाली ओपन कन्सर्ट आयोजना गर्दै आएको छ ।

हालसम्म नेपालबाट करिब चार दर्जन राष्ट्रियस्तरका कलाकारहरुलाई युके ल्याई नेपाली गीतसंगीतलाई टेवा पुर्‍याउनमा अहम् भूमिका निर्वाह गर्दै नेपाली गीत संगीतको प्रचार प्रसार बिस्तार गर्दै आएको उनको दाबी छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!