जमुना पुन
बेलायत – ६ मार्च २०२२ को दिन बाग्लुङ समाज युकेको छैटौं अधिवेशन बेलायतको अल्डर्शटस्थित एम्पाएर हलमा सम्पन्न भएको छ। सो अधिवेशनबाट धन बुढाथोकीको अध्यक्षमा नबकार्यसमिति सर्वसम्मतबाट चयन भएको छ। नबगठित कार्यसमितिको नामावली यस प्रकार रहेका छ ।
अध्यक्ष: घन बुढाथोकी
बरिष्ठ उपाध्यक्ष: खड्का थापा
उपाध्यक्ष: मित्र थापा
उपाध्यक्ष: रुद्र छन्त्याल,
महासचिव: शेर पुन
सह-सचिव: अशोक बुढाथोकी
कोषाध्यक्ष: हिरा पुन
सह-कोषाध्यक्ष: जंग पुन
महिला प्रतिनिधि: प्रेरणा खड्का
सह-महिला प्रतिनिधि: गोमा रिजाल
सांस्कृतिक सचिव: कृष्ण रोका
सह- सचिब: शिब पुन
मिडिया सविच: बिसन थापा
सह-मिडिया सचिव: याम श्रेष्ठ
वेव मास्टर: नन्दलाल पुन
नौमती प्रतिनिधि: भिम थापा
सह-नौमती प्रतिनिधि: तिर्थ शाही

महाधिवेशन संस्थाका अध्यक्ष छबिमाया पुनले दिप प्रज्वलन गरी शुरुआत गरेका थिए। निर्वाचन समितिले नबकार्यसमितिको नामवली घोषणा पश्च्यात पूर्व अध्यक्ष छबिमाया पुनले नब कार्यसमितिका अध्यक्ष धन बुधथिकीलगायत सम्पूर्ण नबनिर्वाचित कार्यसमितिहरुलाई हार्दिक बधाई दिदै कार्यसफलताको शुभकामना दिएका थिए । त्यस्तै छैटौं अधिवेशन सुचारु रुपले सम्पन्न गर्नुहुने निर्वाचन समितिका संयोजक तथा निबर्तमान अध्यक्ष ले. राजन मल्ल, निबर्तमान अध्यक्ष तथा निर्वाचन समितिका सदस्य दिपक काउचा र सदस्य मेजर ओम पुनलगायत बिधान समितिका संयोजक क्या. राम पुन सदस्य सचिब दोलेन्द्र खड्का र सदस्य नारायण रिजाललाई हार्दिक धन्यवाद दिएका थिए ।

पुर्ब अध्यक्ष पुनले बाग्लुङ जिल्ला लगायत देशका विभिन्न ठाउँमा रहेका गरिब दुखी पीडित, आर्थिक अभावमा उपचार नपाएकाहरुलाई सहयोग देखि बाढी पहिरो भुकम्प लगायतका अन्य विभिन्न दैविक प्रकोपहरुमा समाजको सक्रियतामा संकलित रकम ५१ हजार ३९१ सय पौड, ६७ पेन्स बराबरको सहयोग उपलब्ध गराइएको अबगत गराएका थिए ।
अधिवेशनमा नवगठित समितिका अध्यक्ष धन बुढाथोकीले आफुलाई अध्यक्षको जिम्मेवारी सुम्पिने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै समाजलाई विगतका दिनहरुमा भन्दा अझै सशक्त रुपमा अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अधिवेशनमा बाग्लुङ समाजका पुर्ब तथा निबर्तमान अध्यक्षहरु छबिमाया पुन, ले. राजेन मल्ल, दिपक काउचालाई साफा (धरो) लगाएर सम्मान गरेका थिए भने समाजमा बिशेष योगदान पुर्याउने व्यक्तित्वहरु क्या. राम पुन, हरि घर्ति, जंग पुन, राम थापा र नरमती पुनलाई पुर्ब अध्यक्ष छबिमाया पुनले दोसल्ला ओडाएर समान गरेका थिए।
समाजका अध्यक्ष छबिमाया पुनको अध्यक्षमा सम्पन्न अधिवेशनमा पूर्वबरिष्ठ उपाध्यक्ष घन बुढाथोकीले स्वागत मन्तब्य दिएका थिए भने पूर्वमहासचिव मित्र थापाले संचालन गरेका थिए।







