एनआरएनए फुटको संघारमा,समानान्तर नेतृत्व चयन हुने

SHARE:

काठमाडौं फागुन २७ ।

गैरआवासीय नेपाली संघ एनआरएनए फुटको संघारमा पुगेको छ ।

संघको नयाँ नेतृत्व २०२१ को अक्टोबरमै चयन हुनु पर्नेमा विवाद बढ्दै जाँदा अब दुई समानान्तर नेतृत्व चयनको प्रक्रिया अगाडी बढेको छ । वर्तमान कार्यसमितिले गठन गरेको निर्वाचन समितिले निर्वाचनको कार्यक्रम अगाडी बढाइ अहिले उम्मेदवारको मनोनयनको क्रममा पुगेको छ भने असन्तुष्ट पक्षले उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा महाधिवेसन आयोजक समिति र विश्व बरालको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ ।

संघका पूर्व अध्यक्ष शेष घलेले प्रमुख संरक्षकको हैसियतमा संघको निर्वाचन गराउन निर्वाचन समिति गठन गरेको बताएका छन् । जबकि कार्यसमितिले यसअघि नै अधिवक्ता भीमसेन बन्जाराको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ । घलेले बनाएको निर्वाचन समितिमा इन्द्रा वन अस्ट्रेलिया, अधिवक्ता बासुदेव फुलारा अमेरिका, मेजर रिटायर्ड डमर घले युके, पुष्प थापा जर्मनी, विमल सुवेदी कतार तथा प्रकाश धमला दक्षिण कोरिया रहेका छन् ।

यस्तै दशौँ महाधिवेशन आयोजक समितिको सह–संयोजकमा उपाध्यक्ष मन केसी र सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने बताइएको छ । घलेले संघको दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख चैत्र ८ देखि ११ सम्म काठमाडौँमा तोकिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!