एजेन्सी फागुन २८ ।

कंगोको दक्षिणपूर्वी क्षेत्रमा एउटा मालवाहक रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ ।
डीआरसीको दक्षिणपूर्वी लुलाबा प्रान्तको लुबुण्डी क्षेत्रमा बिहीबार मालवाहक रेल बाट खसेर कम्तीमा ६० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । गुडिरहेको रेल एक्कासि लिकबाट उछिट्टिएको र एउटा खोँचमा दुर्घटनाग्रस्त भएको बताइएको छ ।
भग्नावशेषमुनि फसेका शवहरु निकाल्ने क्रम अझै जारी रहेको बताइएको छ । सरकारले मालवाहक रेलमा यात्रु ओसार्न प्रतिबन्ध लगाएको छ ।






