मगर संघ युके, युएचएसबी शाखाको अध्यक्षमा ऋषिराम राना निर्वाचित

SHARE:

जमुना पुन

लण्डन फागुन २९ । मगर संघ युके युएचएसबी शाखाको अध्यक्षमा ऋषिराम राना निर्वाचित भएका छन् । शाखाको शनिबार भएको पाँचौ अधिवेशनबाट रानाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षद्वयमा बीर बलाल र श्रीमती धना रोका, सचिवमा गणेशबहादुर बुढाथोकी, सहसचिवद्वयमा शेष पल्ली र मिन राना, कोषाध्यक्षमा गोप सिन्जाली र सहकोषाध्यक्षमा पार्वती थापा चयन भएका छन् । यस्तै, एडमिन सेक्रेटरीमा रिखीराम राना, सहायक एडमिन सेक्रेटरीमा जमुना पुन राना, साँस्कृतिक सचिवमा गीता पाइजा, साँस्कृतिक सहसचिव शीला थापा, खेलकुद सचिवमा पञ्च पुन, खेलकुद सहसचिवमा रोहित राना छनोट भएका छन् ।

प्रोपर्टी सेक्रेटरीको जिम्मेवारी गुन थापाले पाएका छन् भने लेडिज प्रोपर्टी सचिवमा पार्वती काउछा छानिएका छन् । यस्तै, सदस्यहरुमा जमुना थापा, सुनिता भुजेल, नानु राना, विपना पुन , जसिमा पुन , विष्णु पुन, हरिबाबु थापा, सुमन श्रीश रहेका छन् । शाखाकी निवर्तवान अध्यक्ष श्रीमती हेमा रानाको अध्यक्षतामा भएको अधिवेशनको संचालन निवर्तवान सचिव बिर बलालले गरेका थिए । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नु निर्वाचन समिति गठन गरिएको थियो । जसमा मगर संघ युकेका पूर्व अध्यक्ष मेजर रिटायर्ड कुलबहादुर थापा, सचिवमा मगर संघ युकेका सल्लाहकार ओम थापा काउचा र सदस्य सचिवमा शाखाका पूर्व अध्यक्ष क्याप्टेन रिटायर्ड ताम ढेँगा रहेको निर्वाचन समिति बनाइएको थियो ।

मगर संघ युके केन्द्रको तर्फबाट उपाध्यक्ष छविमाया पुनले पर्यवेक्षकको जिम्मेवारी पाएकी थिइन् । उनले अधिवेशनलाई शुभकामना दिँदै निर्वाचन  उत्साहजनक, पारदर्शी र स्वतन्त्र रूपमा सम्पन्न भएको बताउँदै नयाँ कार्यसमितिलाई तथा निर्वाचन समितिलाई बधाई एवम् धन्यबाद दिइन् । कार्यक्रममा शााखाका संस्थापक अध्यक्ष तथा हाल मगर संघ युकेका अध्यक्ष सुनिल राना प्रमुख अतिथि रहेका थिए । उनले युएचएसबी शाखाले हेमा राना मगरलाई अध्यक्ष बनाएर मगर सघं युकेभित्र मात्र नभएर बेलायतकै विभिन्न संस्थाहरुमा नमूना देखाएको बताए ।

शाखाको नयाँ नेतृत्व चयनको जिम्मा पाएको निर्वाचन समितिका तर्फबाट सचिव ओम थापा काउचाले शाखाको निर्देशिकाको हरेक बुँदामा छलफल गराउँदै केही बुंदा सर्वसहमतिबाट संशोधन गरिएको थियो । कार्यक्रममा मगर संघ युकेका ट्रष्टीहरु गोमा राना, जगत थापा, राजन राना, सल्लाहकारहरु क्यारि बिर गाहा मगर, टेक थापा लगायतको उपस्थिति थियो । अधिवेसनले सचिव बिर बलालले पेश गरेको संगठन प्रतिवेदन र कोषाध्यक्ष गणेश बुढाथोकीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।

नवनिर्वाचित अध्यक्ष ऋषिराम रानाले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै आफूलाई सबैको साथ सहयोग प्राप्त हुने अपेक्षा राखेका थिए । उनले आफ्नो नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्न सहयोग गर्ने शाखाका सदस्यहरु तथा निर्वाचन समितिलाई धन्यवाद दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!