गेसो र बेलायतका लागि नेपाली राजदूत आचार्यबीच त्रिपक्षीय वार्ताबारे छलफल

SHARE:

लण्डन फागुन २९ ।

गोर्खा भूतपूर्व सैनिक संघ गेसोले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसंग त्रिपक्षीय वार्ताबारे छलफल गरेको छ ।

उक्त छलफलमा राजदूत आचार्यले गोर्खाहरुका तर्फबाट बांकी दुई जना प्रतिनिधिलाई चांडै पूर्णता दिइने, निर्देशक कमिटी आफ्नो भूमिकासहित क्रियाशिल रहने र वार्तालाई अधिकतम रुपमा गोर्खा र नेपालको पक्षमा प्रतिफल प्राप्त गर्न निर्देशक कमिटी एवं वार्ता कमिटीबीच विभिन्न विषयमा गम्भीर र सघन छलफल गरेरमात्र विषयहरु वार्तामा प्रस्तुत गरिने स्पष्ट पारेका गेसो सचिव बुद्धिराज राईले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गेसोले विगत तीन दशकदेखि गोर्खा भूतपूर्व सैनिकहरुमाथि भएको भेदभाव अन्त्यका लागि न्यायिक आन्दोलन गर्दै आएको जनाउंदै आसन्न वार्ता तार्किक निष्कर्षमा पुरयाउन कार्यगत एकतामा जोड दिंदै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!