११२ औं विश्व महिला दिवस भव्यताकासाथ सम्पन्न ।

SHARE:

जयराम तामाङ

बेलायत – मार्च १२ तारिख शनिबारको दिन विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखा बेलायतको आयोजनामा ११२ अन्तराष्ट्रिय नारी दिवस भर्चुअल तथा जुममार्फत भब्यताकासाथ सम्पन्न भएको छ। शाखाका सदस्यहरु दोय लिला सेलिङ माबोको संयोजक गोमा रानाको उपसंयोजकमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली राजदुताबास बेलायतको प्रतिनिधित्व गर्दै उपनियोग रोसन खनालको प्रमुख अतिथि र एनआरएन युकेका अधक्ष्य प्रेम गाहामगर, बिस्व नेपाली महासंघ केन्द्र अधक्ष्य सुरेन्द्र लिम्बु, महासचिब सुनिता राइ कन्दंगवा, बरिष्ठ सल्लहाकार प्राध्यापक डाक्टर सुमाया राई, जनजाति महासंघ युकेका अधक्ष कर्म पहाडी शेर्पाको बिशेष अतिथिमा सम्पन्न भएको थियो ।

बिस्व नेपालि साहित्य महासंघ पश्चिम शाखा युकेले गत बर्षमा जस्तै यो बर्षपनि शाखाको त्रैमाशिक कार्यक्रमको अवसर पारेर विश्व महिला दिवस मनाएको हो। बिनेसाम दक्षिण शाखा युकेका कोषाध्यक्ष सेमन्त राईले रास्ट्रिय गीत बाँसुरीको धूनमा बजाएर कार्यक्रम सुरुवात भएको थियो।

कार्यक्रमको संयोजक तथा शाखाकी सदस्य लिला सेलिङ माबो द्वारा लेखित “मेमोरिज अफ अ गोर्खा वाइफ ड्युरिङ द लक डाउन ” नामको पुस्तकको बिमोचन कार्यक्रम पनि रहेको थियो। बिनेसाम दक्षिण युकेको सचिब अमित याक्थुम्बा थेबेले पुस्तकको समिक्षा गरेका थिए। प्रमुख बक्ता प्राध्यापक तथा बरिष्ठ सल्लहाकार डाक्टर सुमाया राइले बोल्ने क्रममा हामीले बाहिरी देखावटी रुपमा मात्रै महिला दिवस मनाइरहेको होकी ब्यबहार मा पनि लागु गरेको छ भनेर बुझ्नु जरुरि रहेको बताइकि थिइन् । नारी दिवस मनाएको सय बर्ष भै सक्यो तै पनि कतिपय ठाउहरुमा असमानता रहेको र सामाजिक, धार्मिक, र सांगीतिक क्षेत्रमा नारीहरुले धेरै सघर्ष गरेको सुनाइन। राज्य ले ऐन कानून ल्याएर पनि लागु नगरेको गुनासो सुनाइन। बिनेसाम पश्चिम युकेका शाखाका

संथाका संरक्षक खेम गुरुङले शुभकामना मन्तब्य दिने क्रममा महिलाहरुले महिलाहरुलाई सहयोग गर्नु पर्ने मा जोड दिएको थियो। बिशेष अतिथि एनआरएन युकेका अधक्ष्य प्रेम गह मगरले एनआरएन सबैको हो यदि केहि सहयोग गर्नु परेमा तयार रहेको बताएको थियो।

प्रमुख अतिथि नेपाली राजदूत बेलायतका उपानियो रोसन खनालले महिलाहरु जुन सुकै क्षेत्रमा पुगे पनि अशिक्षाको कारणले काम गर्न नसकेको जनाइन। शहरी क्षेत्रमा भन्दा ग्रामिण महिलाहरुले अशिक्षा कारण धेरै मेहनेत र पिडा सहनु परेको जनाएको थियो।

सल्लहाकार होम किरात सुनुवारले स्वागत मन्तब्य दिएको थियो। आहिल्या कुँवर कविता, सुरेन्द्र लिम्बु कबिता, कर्म पहाडी शेर्पा को गजल, जगन गुरुङ, गङ्गा भण्डारी कबिता, सुनिता राई कन्दवा आमा कबिता, नानु राना, प्रतिमा केसी मुक्तक, जित बुढाथोकी कबिता, जय तामांग कविता, शशि थापा कबिता, गोमा राना कविता, माया गुरुङ, मिन राना कविता, अमित थेबे कविता, सेमन्त राई कबिता, लिला सेलिङ माबो, डाक्टर सुमाया राई, लगायत तिन दर्जन स्रस्टाहरुले आफ्नो सृजनाहरु सुनाएर कार्यक्रमलाई रौनक बनाएको थियो।

कार्यक्रमको अन्तमा अधक्ष लाल सुन्दर राइले संयोजक र उपसंयोजक दुबैलाई कार्यक्रम सफल पार्नु भएकोमा धन्यबाद दिएको थियो। साथै प्रमुख अतिथि, बिशेष अतिथि र विभिन्न संघसस्थाबाट उपस्थित हुनुहुने सबैलाई धन्यबाद दिएका थिय। कार्यक्रममा फ़ोनिज युकेकि अध्यक्ष प्रमिला लाबुङ राई र सल्लहाकार योगराज राई कार्यक्रमको अन्तिम समयसम्म पनि सुनेर मनोरंजन लिएका थिय।

बिनेसाम पशिम शाखाको अधक्ष लाल सुन्दर राइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक लिला सेलिङ माबो र उपसंयोजक गोमा रानाले संचालन गरेको थिय ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!