इष्ट्ली गोर्खा नेपलिज एसोसिएसनको अध्यक्षमा कमल पुर्जा

SHARE:

लण्डन फागुन ३० ।

 

इष्ट्ली गोर्खा नेपलिज एसोसिएसनमा नयां नेतृत्व चयन भएको छ ।

अध्यक्ष तीर्थ पुनले घरायसी कारण देखाउंदै राजिनामा दिएपछि उनको जिम्मेवारी ट्रष्टी कमलबहादुर पुर्जाले लिएका छन् । १२ मार्च शनिबार अपरान्ह भएको एसोसिएसन बैठकले पुनको राजिनामा स्वीकृत गर्दै कमल पुर्जाको अध्यक्षतामा नयां कार्यसमिति गठन प्रक्रिया शुरु गरेको थियो ।

एसोसिएसनका ट्रष्टीहरु ग्लेन र हेनरीको पर्यवेक्षणमा निर्वाचन प्रक्रिया अगाडि बढाइ अध्यक्ष कमल पुर्जा, यमबहादुर पुर्जा र एलान कुक उपाध्यक्ष, ग्यारी बोरो र राजेन्द्र पुर्जा सचिव, कोषाध्यक्ष श्यामप्रसाद पुर्जा र सहकोषाध्यक्ष नाइजेल उडहललाई चयन गरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनले निवर्तमान अध्यक्ष तीर्थ पुनलाई उनको कार्यकालमा भएका योगदानप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा गरेको छ ।

अध्यक्ष चुनिएपछि कयल पुर्जाले संस्थालाई पृथक ढंगले लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सदस्यता विस्तारलाई तीव्रता दिने जनाउंदै इच्छुक व्यक्तिलाई सदस्यता लिन अनुरोध पनि गरे । बेलायतको च्यारिटीमा दर्ता भएको इष्ट्ली गोर्खा नेपलिज एसोसिएसनले धेरै परोपकारी कार्य गरिसकेको छ । हालैमात्र संस्थाले रुस युक्रेन द्वन्द्वका कारण विस्थापित युक्रेनी नागरिकलाई खाद्यान्न र अत्यावश्यक स्वास्थ्य सामग्री पठाएको थियो ।

एसोसिएसनले युक्रेनबाट छिमेकी पोल्याण्ड लगायत देश पुगेका शरणार्थीहरुलाई दाल, चामल, पिठो, पास्ता, पोरिज, ओट्स, टुथ पेष्ट ब्रस, प्राथमिक उपचार सामग्री, साबुन, बच्चाहरुका लागि वाइप्स्, नेपी लगायत सामग्री पठाएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!