नेपाली राजदूत आचार्यलाई बुद्ध फाउन्डेसन यूकेको स्वागत

SHARE:

लन्डन १५ मार्च । बुद्ध फाउन्डेसन यूकेले बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यलाई स्वागत गरेको छ ।

अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा आइतबार नेपाली दूतावास लन्डन पुगेका फाउन्डेसनका पदाधिकारीहरुले राजदूतको स्वागतसँगै छलफल पनि गरेका छन् । त्यसअवसरमा अध्यक्ष श्रेष्ठले फाउन्डेसनको लोगो र खादासहित राजदूत आचार्यलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए । फाउन्डेसनका कार्यसमिति सदस्यद्वय अर्चना गुरुङ र अञ्जना थापाले पुष्पगुच्छा दिएका थिए ।

फाउन्डेसनका अध्यक्ष श्रेष्ठले संस्थाले गर्दै आएका कार्यहरुबारे राजदूतलाई जानकारी गराएका थिए । दूतावास समेतको सहकार्यमा वर्षेनी ट्राफ्ल्गर स्क्वायरमा हुँदै आएको बुद्धजयन्ती कार्यक्रमलाई आगामी दिनमा पनि दूतावासको सहयोग मिल्ने आशा उनले व्यक्त गरेका थिए ।

सो अवसरमा राजदूत आचार्यले बेलायतमा नेपाली भाषा, कला, संस्कृतिको प्रवर्द्धन् गर्ने कार्यमा दूतावासको सधैं सहयोग रहने प्रतिवद्धता जनाए । उनले बुद्धजयन्ती कार्यक्रमलाई यस वर्ष पनि सफल बनाउन आवश्यक सहयोगको आश्वासन दिए । उपनियोग प्रमुख रोशन खनालले बुद्ध फाउन्डेसनले गर्दै आएका कार्यहरु प्रशंसनीय रहेको उल्लेख गरिन् ।

फाउन्डेसनका उपाध्यक्ष अर्जुन कटुवालले सञ्चालन गरेको कार्यक्रममा फाउन्डेसनका सचिव सुरेन रूपाखेती, सहकोषाध्यक्ष निरञ्जन खड्का, युवा संयोजक किशोर राना मगर, सोसल मिडिया कोर्डिनेटर दीपक माइथाने मगर, कार्यसमिति सदस्य मिनबहादुर पुन, समाजसेवी गोविन्द बेल्वासे र सिद्धार्थ अधिकारीको उपस्थिति थियो । त्यस अवसरमा दूतावास र फाउन्डेसनबीच आगामी मे महिनामा आयोजना गरिने बुद्धजयन्ती कार्यक्रमको तयारीबारे पनि छलफल गरिएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!