राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको चालु अधिवेशन अन्त्य

SHARE:

काठमाडौं चैत १ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको चालु अधिवेशन अन्त्य गरेकी छन् ।

संघीय संसदको सचिवालयले सूचना टाँस गरेर राष्ट्रपतिको कार्यालयबाट संसद्को चालु अधिवेशन अन्त्य भएको सूचना प्राप्त भएको जनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । संसद अधिवेशनको अन्त्य र सुरुवात सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था छ । संसदको यो अधिवेशनमा प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेको थियो ।

त्यस्तै यही अधिवेशनमा प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव दर्ता भएको छ । तर छलफल नहुँदै अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो । अधिवेशनको प्रारम्भदेखि नै प्रतिपक्षी एमालेले संसदमा नाराबाजी र अवरोध गर्दै आएको थियो । १४ सांसदमाथि गरिएको कारबाहीले पूर्णता पाउनुपर्ने र सभामुख सापकोटाले राजीनामा दिनुपर्ने मागसहित एमाले विरोधमा थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!