बेलायतका विदेशमन्त्रीले यसै महिना भारत भ्रमण गर्ने

SHARE:

लन्डन १७ । रुस-युक्रेन द्वन्द्वको बीचमा बेलायती विदेशमन्त्री लिज ट्रसले यसै महिनाको अन्तमा भारत भ्रमण गर्ने जनाइएको छ।

विश्वले युक्रेनमा जारी संकटको सामना गरिरहेको बेला यो भ्रमण हुन लागेको हो । मस्कोले युक्रेनको टुक्रिएको क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिएको तीन दिनपछि रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमा सैन्य कारबाही शुरु गरेको थियो।
हालै बेलायतका विदेशमन्त्रीले युक्रेनको संकटबारे विदेशमन्त्री एस जयशंकरसँग कुराकानी गरेकी थिइन्।

“युकेका विदेशमन्त्री@लिज ट्रससँग टेलिफोन छलफल। युक्रेनी स्थितिका बारेमा विचार आदान प्रदान,” जयशंकरले ट्वीटमा लेखेका छन् ।
ट्रस पछिल्लो पटक गत वर्ष अक्टोबरमा दुई दिनको लागि भारत भ्रमणमा आएकी थिइन्, जसमा उनले जयशंकरसँग भेट गरेकी थिइन् ।
ट्रसले दुवै देशले भविष्यका लागि निर्धारित योजनामा मिलेर काम गर्नुपर्नेमा जोड दिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!