मोना युकेले नेपाली नयाँ वर्षको अवसरमा शुभकामना साँझ मनाउने

SHARE:

 

लिलामान शेरपुन्जा

लण्डन चैत ३ । म्याग्दी जिल्लाबाट बेलायत आइ बसोवास गर्ने म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना युकेले नेपाली नयाँ वर्ष शुभकामना साँझ मनाउने भएको छ । संस्थाको स्थापना कालदेखी नै प्रत्यक वर्ष मनाउदै आएको सो कार्यक्रम कोभिडका कारण तिन वर्ष मनाउन पाएका थिएनन् । बेलायतमा कोभिड संक्रमण कम भएपछि नयां कार्यसमिती गठन भए लगतै उक्त कार्यक्रम गर्ने भएको हो ।

गत डिसेम्बरमा कुमार फगामीको अध्यक्षतामा नयाँ कार्यसमिती गठन भएको हो । म्याग्दीको माटोमा जन्मिएका चर्चित सारंगी साधक एवम लोकदोहोरी गायक हेमन्त कान्छा रसायली र बाग्लुङमा जन्मिएर मरांगमा विवाह गरेकी सुमधुर स्वरकी धनी लोकदोहोरी गायिका विमला शिरिष आमन्त्रित अतिथी कलाकार रहनेछन् ।

विभिन्न प्रतियोगितामा उत्कृष्ट पदक पाएका रसायली म्यग्दीको चिउरी बोट निवासी हुन् । हालकी चर्चित एवम सुन्दी गायिका विमला शिरिष र हेमन्त काठमाडौंमै बसेर दोहोरी साँझमा कार्यरत छन् । संस्थाका वरिष्ठ उपाध्यक्ष लाल पुन एवम महाँसचिव विष्णुभण्डारीले जानकारी दिए अनुसार शुभकामना साँझ अल्डरसटको इम्पायर हलमान हुनेछ भने प्रमुुख अतिथी महामहिम नेपाली राजदुत ज्ञानचन्द्र आचार्य रहनेछन् ।

आगामी अप्रिल ३० तारिख शनिवार हुने नेपाली नयाँ वर्ष २०७९ को शुभकामना साँझका लागि धौलागीरी नौमती बाजा सोरठी नाच तथा विभिन्न नृत्य रहने संस्थाका सांस्कृतिक सचिव नुनुपाइजा एवम महिला उपाध्यक्ष धन रोकाले बताएका छन् ।

उक्त दिन बेलायत बस्ने सम्पुर्ण म्याग्देलीहरुलाई अनिवार्य उपस्थितिका लागि आमन्त्रण गरिएको छ । कार्यक्रममा अन्य जिल्लावासीका अध्यक्षहरुलाई समेत आमन्त्रण गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!