
१८ मार्च २०२२ बेलायत । मोना युकेले राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महाबिर पुनसंग राष्ट्रिय आबिष्कार केन्द्रको बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ।
उक्त कार्यक्रमको लागी बेलायतवासी सम्पूर्ण नेपाली दाज्युभाई तथा दिदी बहिनिहरुलाई मोना युकेका अध्यक्ष श्री कुमार फगामीज्यु र महासचिब बिष्णु भण्डारीज्युले उपस्थितिको लागि आमन्त्रण गर्नु भएको छ।
कार्यक्रम बेलायतको अल्डर्सटस्थित “दि प्यालेस रेस्टुरेन्ट” मा ४ अप्रिल २०२२, बेलुका ४ बजे देखि ९ बजेसम्म रहने जानकारी दिनुभएको छ।






