नेपाली क्रिकेट टोली घोषित

SHARE:

काठमाडौँ, बेलायतको लर्ड्समा हुने मेरिलोबन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्ड्ससँग खेल्नका लागि शुक्रबार २० सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको छनोट भएको छ ।

आइसिसीका प्रतिनिधि अमिनुल इस्लाम, राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले २० सदस्यीय टोलीको घोषणा गरेको हो । छनोट हुनेमा कप्तान खड्कासहित विनोद भण्डारी, सुवास खकुरेल र प्रदीप ऐरी छन् । उनीहरुले पुनरागमन गरेका हुन् ।

त्यसैगरी हरि क्षेत्री नयाँ अनुहारका रुपमा छनोट भएका छन् । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा हरिले उदीयमान खेलाडीको उपाधि जितेका थिए । त्यस्तै छनोट हुने अन्य खेलाडीमा सन्दीप लामिछाने, अनिलकुमार साह, ललित राजवंशी, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, रोहितकुमार पौडेल, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुशान भारी र सुनिल धमला छन् ।

नेपालले आगामी साउन १३ गते टी ट्वान्टी फरम्याटमा लर्ड्समा एमसिसी र नेदरल्याड्ससँग खेल्नेछ । उक्त प्रतियोगिताका लागि शनिबारदेखि बन्द प्रशिक्षण शुरु हुनेछ ।

ललित स्मृति राष्ट्रिय फुटबलः ब्रिगेड ब्वाइजलाई उपाधि

ब्रिगेड ब्वाइज क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै ललित स्मृति अठार वर्षमुनि (यु–१८) को राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको फाइनल भिडन्तमा ब्रिगेड ब्वाइजले आर्मीलाई १–० ले गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।

बिग्रेड ब्वाइजको जीतमा अनुप गुरुङले गोल गरे । उनले खेलको ८७ औँ मिनेटमा गरेको एक गोल नै बिग्रेड ब्वाइजका लागि निर्णायक भयो । जीतसँगै ब्रिग्रड ब्वाइजले रु तीन लाख हात पा¥यो । त्यस्तै उपविजेतामा चित्त बुझाएको आर्मीले भने रु एक लाख ५० हजार पायो । गत जेठ २९ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा ए डिभिजनका १४ क्लबसहित १८ टोलीको सहभागिता थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!