
वेलायतमा रहेका नेपाल आदिवासी जनजाति संघहरुको छाता सघंहरु नेपाल आदिवासी जनाजति महासंघ, युके, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ, युके, नेपाल आदिवासी जनजाती महिला महासंघ, युकेले संयुक्तरुपमा नव नियुक्त वेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आर्चायज्यूलगायत दुतावासका प्रवत्ता तथा उपनियोग प्रमुख श्री रोसन खनालज्युलाई वेलायतमा स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गर्ने भएको छ।
सो कार्यक्रममा उपस्थित भैदिनको लागि उक्त संस्थाका सल्लहाकारज्युहरु, वेलायतमा स्थापित रहेका जातीय संघहरूका अध्यक्षज्युहरुलगायत, अग्रज तथा बुद्धिजीवीहरुलाई अध्यक्ष कर्मा पहाडीज्यु तथा महासचिब बिमला सेनेज्युले हार्दिक आमन्त्रण गर्नु भएको छ।
यदि जातिय संस्थाको अध्यक्षज्युहरु कारणवस उपस्थित हुन नसकेमा तपाईको सस्थावाट एक जना पदाधिकारी तथा प्रतिनिधि अनिवार्यरुपमा सहभागिता जनाइदिनहुन निम्न मिति, समय र स्थानमा विषेश अनुरोध गर्नु भएको छ ।
मितीः २० मार्च २०२२ (आइतवार)
समय: दिउसो २ बजे
स्थानः Golden Sip Restaurant,
500 Northolt Rd, South Harrow,
Postcode – HA2 8HA







