विद्यालयमा डेढ लाखको अक्षय कोष स्थापना

SHARE:

१९ मार्च नेपाल। म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयमा बेल्जियममा रहेका म्याग्देलीले रु डेढ लाखको अक्षय कोष स्थापना गरेका छन् ।

विपन्न बालबालिकाले अध्ययन गर्ने विद्यालयमा मोना बेल्जियमले शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानामार्फत अक्षयकोषका लागि विद्यालयमा रु डेढ लाख सहयोग हस्तान्तरण गरेको हो ।

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संयोजनमा आयोजित कार्यक्रममा प्रजिअ ढकालले समुदायको सक्रियताले नै विद्यालय बन्ने बताउनुभयो । ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले कोषमार्फत विपन्नको उपचारबाहेक विभिन्न सामाजिक एवम् मानवीय सेवामा समेत साथ र सहयोग रहेको बताउनुभयो । सोही अवसरमा १० हजारको स्टेशनरी सामग्रीसमेत हस्तान्तरण गरिएको थियो । यसअघि सोही विद्यालयमा पत्रकार धु्रवसागर शर्माले आफ्नी स्व. छोरी विनिता शर्माको स्मृतिमा रु एक लाखको विनिता शर्मा स्मृति अक्षयकोष स्थापना गर्नुभएको थियो ।

सहयोग हस्तान्तरण कार्यक्रममा आर्थिक सङ्कलन अभियानका संयोजक कृष्ण थापालगायत स्थानीयवासीको उपस्थिति थियो । संस्थामार्फत यसअगाडि पाउद्वार माविमा समेत स्व. होमप्रसाद तिलिजाकोे स्मृतिमा एक लाख ५० हजारको कोष स्थापना गरेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर रिजाल, प्रधानाध्यापक छेमप्रसाद पुनलाई स्वागत र सञ्चालन शिक्षिका घनदेवी घर्तीले सञ्चालन गर्नुभएको थियो । २०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुँदै आएको छ भने १०२ जना विद्यार्थी अध्ययनरत छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!