नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

SHARE:

लण्डन चैत ५ ।

बेलायत सरकारले हराएका दुईवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ ।

ढुंगा तथा काठमा कुँदिएका उक्त मूर्ति हस्तान्तरण गरिएको हो । उक्त मूर्तिहरु नेपाली दूतावास लण्डनमा आज आयोजित एक विशेष समारोहबीच लन्डन मेट्रोपोलिटन प्रहरीका डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले राजदूत ज्ञानचन्द्र आचार्यलाई हस्तान्तरण गरेका हुन् । १६ औं शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरण जुन १९८० देखि १९९० को दशक बीचमा काठमाडौं हनुमानढोका कुमारी बहाबाट हराएको थियो ।

यसैगरी १८ औं शताब्दीतिर कुँदिएको घुंडा टेकेर नमस्ते मुद्रामा रहेको ढुंगाको मूर्ति काठमाडौं ओमबहालस्थित मन्जुश्री मन्दिरबाट हराएको थियो ।गैरकानूनीरूपमा प्राचीन सामग्री ओसारपसार एवं खरिदबिक्री गर्ने समूहबाट लन्डन महानगरीय प्रहरीले ति मूर्ति बरामद गरेको हो । गृहमन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीतिअनुसार हराएका मूर्ति पुनः प्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको छ ।

राजदूत ज्ञानचन्द्र आचार्यले हराएका प्राचीन सामग्री हस्तान्तरण गरेकामा बेलायत सरकार तथा प्रहरीलाई नेपाल सरकार र दूतावासको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा गरे । डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बरामद गरिएका प्राचीन सम्पदा फिर्ता गर्न पाउँदा खुशी लागेको बताए ।

हस्तान्तरण गरिएका मूर्ति चांडै नै नेपालको पुरातत्व विभागमा पठाउने व्यवस्था मिलाउने राजदूत आचार्यले बताए । ग्लास्गो युनिभर्सिटीमा अपराधविज्ञानकी प्राध्यापक डा। इमिलिन स्मिथले नेपाललाई ति सांस्कृतिक वस्तु फिर्ता गर्ने कार्यमा संलग्न हुन पाएकामा गर्व लागेको बताइन् । लन्डनस्थित नेपाली दूतावास र बेलायतको मेट्रोपोलिटन प्रहरीले सांस्कृतिक धरोहर संरक्षणमा निकट रहेर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!