फोनिज यूकेको अध्यक्षमा गोमा राना चयन

SHARE:

तस्बिर : मिलन तमु

लन्डन २० मार्च । नेपाल जनजाती पत्रकार महासंघ बेलायत (फोनिज यूके) को जिम्मेवारी गोमा रानाले पाएकी छन् ।

अध्यक्ष प्रमिला लाबुङ राईको दोस्रो कार्यकाल पूरा नहुँदै विविध कारण कार्यभार हस्तान्तरण गर्नुपर्ने हुँदा शनिबार भएको वार्षिक सधारणसभाले उपाध्यक्ष गोमा रानालाई फोनिज यूकेको नेतृत्व सुम्पेको हो । साधारणसभा प्रमुख अथिति नेपाल जनजाती महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा र अध्यक्ष प्रमिला लाबुङ राईले दीप प्रज्ज्वलन गर्दै राष्ट्रिय गीत बजाएर उद्घाटन गरेका थिए ।

साधारणसभामा पत्रकारद्वय नरेश खपाङ्गी मगर र बिमला सेनेलाई फोनिज यूके र बेलायतका सामाजिक संघ संस्थाप्रति पत्रकारिताको माध्यमबाट पुर्‍याएको योगदानको कदरस्वरुप सम्मानित गरिएको थियो । उनीहरुलाई प्रमुख अथिति शेर्पा र अध्यक्ष राईले खादा ओढाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । तर पत्रकार खपाङ्गी भने जुम भर्चुअलद्वारा सहभागी थिए ।

सभामा सल्लाहकारहरु साहित्यकार एवम् समाजसेवी एकेन्द्र गुरुङ, होम किरात सुनुवार, एभरेस्ट टाइम्स प्रबन्धक निर्देशक नगेन्द्र नेम्बाङ, गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु , बिमला सेनेलगायतले सभा सफलताको शुभकामना मन्तव्य राखेका थिए । सचिव लिला सेलिङ माबोले वार्षिक कार्यप्रतिवेदन र उपाध्यक्ष रानाले आर्थिक प्रतिवेदन पेस गरेका थिए । प्रस्तुत दुई वटै प्रतिवेदन सभामा उपस्थित सदस्यहरुले सर्वसम्मतिले पारित गरेका थिए ।

त्यसैगरी सचिव लिला सेलिङ माबोलाई पनि नयाँ कृति मेमोयर्स अफ गोर्खा वाइफ ड्युरिङ लकडाउन नामक पुस्तक हालसालै प्रकाशन गरेकोमा प्रमुख अथिति र सभा अध्यक्ष, कार्यसमिति उपस्थित सदस्य लगायतले खादा ओढाइ सम्मानका साथ उतरोत्तर प्रगतिको शुभकामना दिएका थिए ।

प्रमिला लाबुङ राईको अध्यक्षतामा सम्पन्न साधारणसभामा उपाध्यक्ष गोमा रानाले स्वागत मन्तव्य राखेका थिए । सचिव लिला सेलिङ माबोले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!