बेलायतमा भोलीदेखी कोरोना विरुद्धको चौथो डोज खोप दिइने

SHARE:

लण्डन चैत ६ ।

बेलायतमा जोखिमपूर्ण स्वास्थ्यस्थिति रहेका मानिसहरुलाई कोरोना भाइरसविरुद्ध चौथो डोज खोप दिइने भएको छ ।

शुरुमा यो खोप केयर होमका बासिन्दाहरु, ७५ वर्ष नाघेकाहरु र प्रतिरोधी क्षमता कमजोर भएका १२ वर्ष उमेर नाघेकाहरुलाई यो खोप दिइने बताइएको छ । करिब ५० लाख मानिसहरुलाई चौथो डोज दिने सरकारको योजना रहेको छ । जसमध्ये करिब ५ लाख मानिसहरुले यसै साताबाट खोपका लागि समय बुक गर्न पाउने बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले जनाएको छ ।

सरकारले तोकेको समूहभित्र पर्ने व्यक्तिहरुलाई फाइजर वा मोडर्नाको खोप दिइने छ । बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले बेलायतको कोरोना भाइरसविरुद्धको खोप अभियानले असंख्य मानिसहरुको ज्यान बचाएको बताउँदै कोभिडविरुद्ध सुरक्षा तन्दुरुस्त बनाउने जोखिममा रहेकाहरुलाई चौथो डोज खोप दिन लागिएको प्रष्ट पारे ।

एनएचएसले खोप पाउन योग्य मानिसहरुलाई पालो आएपछि सम्पर्क गर्नेछ । त्यसपछि ती मानिसहरुले अनलाइनबाट वा फोनबाट आफ्नो पालो बुक गर्न सक्नेछन् । एनएचएसकी प्रमुख कार्यकारी निर्देशक अमान्दा प्रिटचार्डले स्वास्थ्यको जोखिममा रहेका करिब ५० लाख मानिसहरुलाई यही वसन्त ऋतुमा कोभिडविरुद्ध खोप दिने कार्यक्रम भोलिबाट शुरु हुने बताइन् ।

उनले खोप पाउनका लागि एनएचएसमा सम्पर्क गर्न नपर्ने एनएचएसले आफैँ बोलाउने बताएकी छिन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!