नब नियुक्त राजदुत आचार्यलाई नेफिन युकेको भब्य स्वागत

SHARE:

२० मार्च २०२२ बेलायत। सयुक्त अधिराज्य बेलायतका लागि नब नियुक्त राजदुत महामहिम ज्ञानचन्द्र आचार्यज्यु, उहाँका धर्मपत्नी सुनिता आचार्यज्यु र दुतावासका प्रबक्ता तथा उपनियोग प्रमुख रोशनज्युलाई बेलायतमा स्थापित जातीय संस्थाहरुको छाता संस्थाहरु नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाल आदिवासी जनजाति महिला महासंघ युके र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेले संयुक्तरुपमा बेलायतमा भब्य स्वागत गर्नुको साथै एकापसमा परिचायत्मक कार्यक्रम सम्पन्न गरेका छन।

कार्यक्रमको पहिलो चरणमा उपस्थित सम्पूर्ण महानुभाबहरुले आ-आफ्नो परिचय दिएका थिए भने कार्यक्रमको दोस्रो चरणमा नेपाल आदिवासी जनजाति महासंघ युकेका पुर्बअध्यक्षहरु, सल्लाहकारहरु, नेपाल आदिवासी जनजाति महिला महासंघ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष तथा प्रतिनिधिहरुलगायत जातीय संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले आ-आफ्नो मन्तब्य राखेका थिए। कार्यक्रममा बक्ताहरुले भूपु गोर्खाहरुको पेन्सन, नेपाली नागरिकता निरन्तरताको बारेमा आ-आफ्नो मन्तब्य राखेका थिए। कार्यक्रममा मगर संघ युकेका निबर्तमान अध्यक्ष दुत पुन र अध्यक्ष सुनिल रानाले नेपालको प्रथम शहिद लखन थापाको स्मृति दिवस पनि शहिद स्मृति दिवसको दिनमा नेपाली राजदुतावास लण्डनले कार्यक्रमको संयोजक गरिदिनहुन अनुरोध गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलायतका लागि नेपाली राजदुत महामहिम कुलचन्द्र आचार्यज्युले बक्ताहरुले राखेको सम्पूर्ण बिषयहरु तथा जिज्ञासाहरुको बारेमा छलफल र अध्ययन गरेर समस्यको लागि समधान गर्न सक्दो प्रयास गर्ने आस्वासन दिनुभएको छ भने दुतावासको प्रबक्ता तथा उपनियोग प्रमुख रोशन खनालज्युले उक्त जिज्ञासाहरुको तथा बिषयहरुको समाधान गर्न महामहिमज्युलाई सक्दो सहयोग गर्ने बचन दिनुभएको छ ।

कायक्रममा सर्जकहरु संस्थाका उपाध्यक्ष लिला सेलुङ माबो, सल्लाहकारहरु बिस्वास्दिप तिगेला, डा. सुमाया राई, एकिन्द्र गुरुङ, चिम्खोले काईला र सचिब अमित थेबेले पुस्तक प्रकाशित गरेको उपलक्षमा सम्मान गरिएको थियो भने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका नबनिर्वाचित अध्यक्ष गोमा रानालाई पनि सम्मान गरेका थिए। त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिब बिमला सेने लिम्बु, मगर संघ युकेका महासचिब रुद्र थापालाई नेपाल आदिवासी जनजाति अन्तराष्ट्रिय समन्नय समितिको केन्द्रिय प्रतिनिधि सदस्यमा निर्वाचित भएकोमा सम्मान गरेका थिए।

नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षता रहेको स्वागत तथा परिचायत्मक कार्यक्रमलाई संस्थाका महासचिब बिमला सेनेले संचालन गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा राजदुत महामहिम ज्ञानचन्द्र आचार्यज्युले आतिथ्य ग्रहण गर्नुभएको थियो भने बिशेष अतिथिमा दुतावासका प्रबक्ता तथा उपनियोग प्रमुख रोशन खनालज्युले आतिथ्य ग्रहण गर्नु भएको थियो। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका नबनिर्वाचित अध्यक्ष गोमा रानाले स्वागत मन्तब्य राखेका थिए भने नेपाल आदिवासी जनजाति महासंघ युकेका संथापक अध्यक्ष थर्क राना, निबर्तमान अध्यक्षहरु ले. श्री लिम्बु, तुल छन्त्याल, नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेका अध्यक्ष गोमा राना, नेपाल आदिवासी जनजाति महिला महासंघ युकेका अध्यक्ष शान्तकला राईलगायत नेपाली आदिवासी जनजातिहरुको बाख्लो उपस्थितिको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!