फोनिज युकेद्वारा पत्रकारद्वय खपाङ्गी र सेने सम्मानित

SHARE:

लन्डन २१ मार्च । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका लागि बेलायतमा कार्यरत पत्रकारद्वय नरेश खपाङ्गीमगर र बिमला सेनेलाई सम्मान गरेको छ ।

फोनिज युकेको आज फार्नब्रोमा आयोजित वार्षिक साधारणसभाका अवसरमा उहाँहरुलाई सम्मानित गरिएको हो । कार्यक्रममा उपस्थित पत्रकार सेनेलाई फोनिज युकेका अध्यक्ष प्रमिला लाबुङ राई र कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले खादा लगाई सम्मान पत्र हस्तान्तरण गर्नुभयो । खपाङ्गीलाई भर्चुअलरुपमा सम्मानित गरिएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गर्नुभएका खपाङ्गी विगतमा दृष्टि साप्ताहिक, गोरखापत्र दैनिक, युरोपको नेपालीपत्र साप्ताहिक, एभरेष्ट टाइम्स साप्ताहिक, नेपाली सन्देश साप्ताहिक, गोरखा सैनिक आवाज मासिक हुँदै अहिले वीनेपाली डटकमको सम्पादक हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ युके शाखाको पूर्व अध्यक्ष पनि हुन् ।

यसैगरी, सन् १९९४ मा बेलायती रक्षा मन्त्रालयको बीएफबीएस गोरखा रेडियोबाट पत्रकारितामा प्रवेश गर्नुभएकी सेनेले नेपालमा सप्तकोशी एफएममा लामो समय काम गर्नुभएको थियो । बेलायत आएपछि उहाँ नेपाली टिभी, नमस्ते युरोप, गोरखा टिभी हुँदै गोरखा च्यानल सञ्चालन गर्दै आउनु भएको छ । ब्यवस्थापन विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएकी सेने हाल नेपाल पत्रकार महासंघ युकेको केन्द्रीय प्रतिनिधि हुनुहुन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!