अल्डरसट २१ मार्च । ग्रेटर रुश्मूर नेपाली कम्मुनिटी (जीआरएनसी)ले नेपाली नयाँ वर्ष मनाउनेबारे तयारी बैठक गरेको छ ।
गत शनिबार १९ मार्च २०२२ मा एम्पाएर हल अल्डरसटमा बेलुकी ४:३० देखि ६ सम्म नेपाली नयाँ वर्ष मनाउनेबारे छलफल गरिएको अध्यक्ष मान गुरुङले जानकारी दिए । जीआरएनसीले आइतबार १७ अप्रिल २०२२ मा १७:३० देखि बेलुकी ११:३० बजेसम्म नेपाली न्यु एअर मनाउँदैछ ।
कार्यक्रममा नेपालको थुप्रै कलाकारहरु, उत्कृष्ट नृत्यहरु, सामाजिक, राजनीतिक, व्यापारिक, खेलकुद तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरुको जमघट हुनेछन् ।
नेपालीहरुमाझ मात्रै नभई स्थानीय नेता, व्यक्तित्वहरुको जमघट हुने अध्यक्ष गुरुङले बताए । कार्यक्रमका लागि प्रवेश टिकट रकम २५ पाउन्ड राखिएको छ | जसमा खान, मनोरन्जन आदिको व्यवस्था हुनेछ ।
मान गुरुङको अध्यक्षतामा बसेको बैठक सचिव बिसाल गुरुङले संचालन गरेका थिए । अध्यक्ष गुरुङले बैठकमा उपस्थित कार्यसमिति र सल्लाहकारहरुलाई धन्यवाद दिए ।






