सोह्रबुँदे घोषणापत्र जारी गर्दै जातीय विभेदविरुद्ध राष्ट्रिय सम्मेलन सम्पन्न

SHARE:

२२ मार्च २०२२ नेपाल। छपन्नऔँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा इन्सेकद्वारा काठमाडौँमा आयोजित जातीय विभेदविरुद्धको दुईदिने राष्ट्रिय सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

सातै प्रदेशका १२० जनाभन्दा बढीको सहभागिता रहेको सम्मेलनले जातीय विभेद उन्मूलनका लागि दलित समुदायमाथि भएको विभेद अन्त्यका लागि विभिन्न १६ वटा बुँदा समेटेर ‘काठमाडौँ घोषणापत्र २०७८’ जारी गरेको हो ।

घोषणापत्रमा नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत छुवाछूत तथा भेदभाव विरुद्धको हक (धारा २४) का साथै समानताको हक (धारा १८), दलितको हक (धारा ४०), सामाजिक न्यायको हक (धारा ४२) को अक्षरशः पालना गर्न सम्मेलन सरकारसँग माग गर्दछ भनिएको छ ।

त्यस्तै सम्मेलनले जातीय विभेदलाई शून्य सहनशीलताको सिद्धान्त अँगाली राज्यले ‘छुवाछूत तथा भेदभावविरुद्धको हक धारा, २४ लगायत अन्य सान्दर्भिक कानूनको प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।

घोषणापत्रमा नेपालको संविधानको मौलिक हकको धारा, ४० को उपधारा ५ र ६ मा उल्लेख दलितलाई एकपटकका लागि आवास र जमिन उपलब्ध गराउनुपर्नेे, विद्यमान खलिया, बालीघरे, कटुवाल, हलियाप्रथा तथा वादी समुदायमाथिका सम्झौता तथा घोषणाको स्मरण गर्न तथा तिनका प्रावधान यथाशक्य लागू गर्न तीनै तहका सरकारसँग माग गरिएको छ ।
–––

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!