मन्त्री आलेको निमन्त्रणा सलमान खानद्वारा स्वीकार, सगरमाथा आरोहण गर्ने प्रतिबद्धता

SHARE:

२३ मार्च २०२२ नेपाल। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भारतीय अभिनेता सलमान खानलाई निमन्त्रणा दिनुभएको छ । ओडिसी इन्टरटेनमेन्ट परिवार लाजिम्पाटले आज सोल्टी होटलमा आयोजना गरेको मन्त्री आले र अभिनेता सलमानबीचको भिडियो संवादमा मन्त्री आलेले सगरमाथा आरोहणका लागि निमन्त्रणा दिनुभएको थियो ।

उक्त संवादका क्रममा मन्त्री आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आउन आफूले निमन्त्रणा दिएको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “सलमानजी सगरमाथा विश्वमै सर्वोच्च शिखरका नामले चर्चित छ, सगरमाथा आरोहणसहित सगरमाथा क्षेत्रमा हवाइयात्रा गर्नका लागि म निमन्त्रणा गर्दछु ।”

सोही संवादका क्रममा मन्त्री आलेले नेपालमा तपाईंका धेरै प्रशंसक रहेका र नेपालमा आएर यहाँका विभिन्न पर्यटकीय क्षेत्रमा टिभी सो सुटिङ गर्न पनि खानलाई आग्रह गर्नुभयो । पछिल्लो समय नेपालमा कोभिड–१९ को सङ्क्रमण करिबकरिब शून्य जस्तै बनेकाले नेपाल अहिले खुला भएकोसमेत जानकारी गराउनुभयो ।

नेपाल कला, संस्कृति तथा पर्यटनका दृष्टिकोणले निकै धनी मुलुक भएकाले यहाँको पर्यटन प्रवद्र्धनका लागि भए पनि नेपालमा आएर आफ्ना टिभी सो तथा चलचित्र छायाङ्कन गरिदिन सलमानसहित अन्य कलाकारलाई मन्त्री आलेले आग्रह गर्नुभएको थियो । सोही क्रममा मन्त्री आलेले सलमान खानका ‘बिबी हो तो एैसी, तेरे नाम, दबङ, टाइगर अभी जिन्दा हे’ जस्ता चलचित्रका बारेमा प्रशंसा गर्नुभएको थियो ।

मन्त्री आलेले दिनुभएको निमन्त्रणा स्वीकार गर्दै भारतीय अभिनेता खानले आफू नेपाल आउने र विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “म केही समयमा नेपाल आउँछु, तपाईंले दिनु भएको निमन्त्रणाअनुसार सगरमाथा आरोहण गर्नेछु र भ्रमण गर्नेछु ।” यसैगरी अभिनेता खानले मन्त्री आलेको यो प्रस्तावलाई सकारात्मकरूपमा लिँदै नेपाल सुन्दर देश रहेको र यसको पर्यटन प्रवद्र्धनमा आफ्नो तर्फबाट सहयोग गर्ने वचनबद्धता दिनुभयो ।

अभिनेता खानले आफू काठमाडौँको दशरथ रङ्गशालामा हुने कार्यक्रमका लागि आगामी जेठ १४ गते नेपाल आउन लागेको जानकारीसमेत दिनुभयो । साथै उहाँले यसअघि पटकपटक नेपाल आउन आग्रह गरिएको भए पनि विभिन्न परिस्थितिका कारण समय नमिलेर आउन नसकेको र यसपटक आउन एकदमै उत्साहित रहेको बताउनुभयो ।

करिब १० मिनेट भएको उक्त भिडियो संवाद (भर्चुअल कुराकानी) मा मन्त्री आलेले आफू अभिनेता खानको ठूलो प्रशंसक रहेको र प्रायः अधिकांश चलचित्र हेरेको तथा खान विश्व चर्चित अभिनेता भएका कारण उहाँले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउँदा देशलाई ठूलो फाइदा हुने बताउनुभएको थियो ।

आगामी जेठ १४ गते दशरथ रङ्गशालामा हुने ‘दबङ रिलोडेड टुर’का लागि ओडिसी इन्टरटेनमेन्टले भारतीय अभिनेता खानलाई नेपाल ल्याउन लागेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!