अन्तर्राष्ट्रिय मान्यता पाउन तालिवानले मन्त्रीमण्डलमा हेरफेर गर्ने

SHARE:

२३ मार्च २०२२ नेपाल। अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रयासमा तालिवानले आफ्नो अन्तरिम मन्त्रिमण्डललाई पुनः हेरफेर गर्ने निर्णय गरेको छ ।

तालिबान मुल्ला हेबतुल्लाह अखुन्दजादाका सर्वोच्च नेताको नेतृत्वमा १५ सदस्यीय टोली कन्दहार प्रान्तमा अन्तरिम मन्त्रीमण्डललाई पुनः छाँटकाँट गर्ने विषयमा छलफल भइरहेको ‘द खामा प्रेस’ले उल्लेख गरेको छ । तालिबानले सत्ता सञ्चालन गरेदेखि अखुनद्जादाको नेतृत्वमा भएको यो पहिलो बैठक हो ।

तालिबान सरकारलाई अहिलेसम्म कुनै पनि देशले मान्यता नदिएकाले यो छलफल भएको हो । सरकारको समावेशीता र महिला तथा मानव अधिकारको सम्मान विश्व समुदायले मान्यता पाउने सबैभन्दा ठूलो पूर्व शर्त हो ।

१५ सदस्यीय टोलीमा अन्तरिम सरकारका मन्त्रीहरू र तालिवानका अन्य उच्च पदस्थ अधिकारीहरू रहेको ‘द खमा प्रेस’ले जनाएको छ ।

छलफलका लागि प्रधानमन्त्री मुल्ला मुहम्मद हसन अखुन्द, उपप्रधानमन्त्री मुल्ला अब्दुल घानी बारादर, रक्षा मन्त्री मुल्ला याक्होब मुजाहिद, आन्तरिक मन्त्री सरसुदिन हक्कानी, शिक्षा मन्त्री, स्वास्थ्य, वित्त मन्त्री, व्यापार मन्त्री, खानी तथा पेट्रोलियम मन्त्री, मुख्य अटा‘र्नी र तालिबानका अन्य थुप्रै उच्च पदस्थ अधिकारीहरू कान्दहारमा भेला भएका छन् ।

यसैबीच तालिवानले अहिलेसम्म बैठकबारे आधिकारिक पुष्टि गरेको छैन ।
–––

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!