राजदूत आचार्यलाई गोर्खा ब्रिगेडको मुख्यालयमा ‘गार्ड अफ अनर’

SHARE:

लण्डन चैत ९ ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य बेलायती सेनाअन्तर्गतको ‘ब्रिगेड अफ गोर्खाज’ को मुख्यालय भ्रमण गरेका छन् ।

गत महिना मात्र आफ्नो पदबहाली गरेका आचार्य मंगलबार पहिलोपटक बेलायतको स्यान्डहर्स्टस्थित गोर्खा ब्रिगेड मुख्यालय पुगेका हुन् । मुख्यालय पुगेका राजदूत आचार्यको सम्मानमा ब्रिगेड अफ गोर्खाजले ‘गार्ड अफ अनर’ दिएको थियो ।

त्यसअघि राजदूत आचार्यलाई ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट रिचार्ड वार्डलले स्वागत गरेका थिए । त्यस्तै, कर्णेल डेभिड रोबिन्सनले राजदूतलाई ‘ब्रिगेड अफ गोर्खाज’ का बारेमा ब्रिफ गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!